प्रशासन
गृहमा बसेर भिजिट भिसाको धन्दा चलाउँदै आएका एक कर्मचारी प्रहरीको फन्दामा परेका छन् । ६ बर्षदेखि गृहको कम्युटर अपरेटरका रुपमा कार्यरतद एक कर्मचारीले गृहमन्त्री र सचिवको नाम लिएर भिजिट भिसा धन्दा चलाइरहेको भेटिएपछि उनी प्रहरीको फन्दामा परेका हुन । मानव बेचबिखनको आरोपमा भिजिट भिसामा विदेश दबाब दिने गृह मन्त्रालयका कर्मचारी निर्मल विष्ट पक्राउ परेका हुन […]
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले घर जाने समयमा सरुवा, काज तथा कामकाजसम्बन्धि मापदण्ड २०८१ को मापदण्ड सार्वजनिक गरेका छन् । २३ फागुनमा मन्त्री भएका उनी प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएसँगै भोलिबाट घर फर्कदै छन् ।चार महिना मन्त्रीको जिम्मेवारीमा रहेका मन्त्री जोशीका मुख्य दुई वटा मात्र उपलव्धी रहे । एक कर्मचारी सरुवासम्बन्धी मापदण्ड तयार […]
सरकारले निजामती कर्मचारीहरूको सरुवा, पदस्थापन, साथै कामकाजसम्बन्धी मापदण्डको मस्यौदा तयार गरेको छ । कर्मचारी प्रशासनलाई व्यवस्थित, निष्पक्ष, पारदर्शी र सरुवा तथा काज अनुमानयोग्य साथै विश्वसनीय बनाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मापदण्ड बनाएको हो । मन्त्रालयले तयार पारेको मापदण्डमा अब कर्मचारी सरुवामा भनसुनका आधारमा चल्नेछैन । सरुवा हुन चाहेको कर्मचारीले अनिवार्य निवेदन दर्ता गराउनुपर्ने […]
पढाईमा मात्र अब्बल भएर के गर्नु,कार्यसम्पादनमा खोट देखिएपछि ! अहिले यस्तै प्रश्न उठाउन थालिएको छ,काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत तथा कान्छो सहसचिवका रुपमा आफूलाई चिनाउन चाहने प्रदीप परियारप्रति ।उनी उक्त पालिकाको प्रमुख प्रशासकीय अधिकृतको कुर्सीमा छन्,६ महिनादेखि तर पालिकाको पूँजीगत खर्च २९ प्रतिशत पनि कटेको छैन । यस्मा दोष कस्को एक्ला वालेन साह,सुनिता डंगोल,जनप्रतिनिधिहरुको मात्र […]
सिरहाको नरहा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भवेशकुमार झा र तत्कालीन लेखापाल सुरेशकुमार कुसियैतविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत झा र लेखापाल कुसियैतले औषधि खरिद गर्दा भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालतमा मंगलबार मुद्दा दायर गरेको हो । झा अहिले जिल्ला प्रशासन कार्यालय सिरहामा प्रशासकीय अधिकृत […]
खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले सरकारले खानेपानीलाई प्रर्याप्त बजेट नदिएको गुनासो गरेका छन् । राष्ट्रिय सभा अन्तरगत विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा उनले दिगो लक्ष्य हासिल गर्ने भनेर मात्र नहुने भन्दै त्यो हिसाबको बजेट पनि आवश्यक रहेको बताए । उनले भने, ‘सरकारले खानेपानीलाई प्रर्याप्त बजेट दिदैन । दिगो लक्ष्य प्राप्त गर्ने खालको बजेट […]
सर्वोच्च अदालतको आदेशसँगै राजपत्राकित कर्मचारीहरुको तलब बढ्ने भएको छ । समान मर्यादाक्रममा रहेका प्रहरी,नेपाली सेनाको तलब अनुसार निजामती कर्मचारीहरुको तलब समायोजन गर्न सर्वाेच्चका न्यायधीशद्धय मनोजकुमार शर्मा र सुनिल कुमार पोख्रेलको इजलासले गत असार १० मा सरकारको नाममा परमादेश दिएको थियो । सो को पूर्ण पाठ अस्तिमात्र सार्वजनिक भएको छ । निजामती सेवाका राजपत्राङ्कित प्रथम, द्वितीय, […]
अन्तशुल्क स्टिकर छपाईसम्बन्धि भ्रष्टाचार मुद्दामा अर्थ मन्त्रालयका सहसचिव रितेश कुमार शाक्य एक लाख रुपैयाँ धरौटीमा छुटेका छन् । गत ९ असारमा अन्तशुल्क स्टिकर छपाईसम्बन्धि मुद्धामा अख्तियारले मुख्यसचिव डा वैकुण्ठ अर्यालसहित ११ जना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । विकल पौडेलको लहडमा अगाडि बढाइएको यो प्रकरणमा अख्तियारले तत्कालीन सञ्चार सचिव बैकुण्ठ अर्याल,तत्कालीन आन्तरिक राजश्व विभागका […]
न नियमावली भेटिन्छ, न त कर्मचारी दरबन्दी नै स्वीकृत । सोही निकायमा आफू निकटस्थ कर्मचारीलाई हाकिम बनाएर खटाउन खोज्दा सिंहदरबारका एक सहसचिवले घर जान लागेका मन्त्रीको हप्कीदप्की भेटेका छन् । यसरी खप्की भेट्ने मन्त्री माओवादी, सहसचिव पनि माओवादी । संयोगबस् दुबै तामाङ थरका । सोमबार अपराह्न सहसचिव हेमराज तामाङले अन्य कर्मचारीकै अगाडि पर्यटनमन्त्री हितबहादुर तामाङको गाली खाएका हुन् । सहसचिव […]
एक पछाडि अर्काे नक्कली शैक्षिक प्रमाणपत्रधारीहरु अख्तियारका फन्दामा पर्न थालेका छन् । जसमध्ये केही विशेष अदालतबाट दोषी ठहर भएका छन् । विशेष अदालतले राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन अनुसन्धान अधिकृत माधव बस्नेतलाई नक्कली प्रमाणपत्र पेस गरेको मुद्दामा दोषी ठहर गरेको छ। विशेष अदालतले आज बस्नेतलाई भ्रष्टाचार निवारण ऐन २०१७ अनुसार दोषी ठहर गरेको हो। विशेषले उनलाई […]