मुलुकको कर्मचारी प्रशासन चलाउने लाइन मिनिष्ट्रि मानिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कतिसम्म भद्रगोल छ,भन्ने सानो उदाहरण त्यही मन्त्रालयको वेव साइड खोतल्दा पनि थाहा लाग्छ ।
बिज्ञापन
मन्त्रालयको वेबसाइट हेर्दा सरुवा भएर अन्यन्त्र गइसकेका सहसचिवलाई समेत सोही कार्यालयमा कार्यरत देखाइएको छ । यस्तो भद्रगोल देखिएको हो,महिना दिन अगाडि सरुवा भएर गृहमा पुगेका सहसचिव कालीप्रसाद पराजुलीको हकमा । सरकारले गत २३ असोजमा १५ जना सहसचिवको सरुवा गरेको थियो । यसरी सरुवा गरिँदा काली प्रसाद पराजुलीलाई गृह मन्त्रालयमा सरुवा भएका थिए । यस अघि गृहको कर्मचारी प्रशासन महाशाखा हुँदै योजना महाशाखातिर पुगेका पराजुली अहिले गृहकै कर्मचारी प्रशासन महाशाखा सम्हालिरहेका छन् । पराजुलीले कार्तिक पहिलो साता देखि नै गृह मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाको प्रमुखको जिम्मेवारी सम्हालिरहेका छन् । उनी बरिष्ठ सहसचिव हुन,सचिव हुने लाइनमा छन् । यस अघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रवक्ताको समेत जिम्मेवारीमा रहेका पराजुलीलाई गृहमा लैजादा गृहबाट जयनारायण अचार्य,वावुराम गौतम र दिव्यराज पोखरेलहरु आउट भएका थिए ।
बिज्ञापन
त्यहाँ पूर्व मन्त्री भगवती न्यौपानेले महिला टिम बनाउन भन्दै नीता अर्याल र पार्वती शर्माहरुलाई मन्त्रालयमा भित्र्याएकी थिइन । पूर्व सचिवको पत्नी समेत रहेकी नीताको प्रदेशमा भएको सरुवा उल्टाएर सामान्यमा भित्र्याइएको थियो । अर्यालले अहिले यस अघि कालीले सम्हालिरहेका महाशाखा योजना हेरिरहेकी छिन् तर सामान्यको वेव साइडमा अहिले पनि उक्त महाशाखाको जिम्मेवारी काली प्रसाद पराजुलीको नाम उल्लेख गरिएको छ भने नीताको महाशाखा आन्तरिक उल्लेख गरिएको छ ।
यस्तै रुद्रमान सिंह तमाङलाई रोजेरै कुलमान घिसिङले उर्जामा भित्र्याएको महिना दिन पुग्न लाग्यो उनलाई अझैं पनि सामान्यको वेव साइडमा क्षमता विकास महाशाखा हेर्ने सहसचिवको जिम्मेवारीमा देख्न पाइन्छ । पछिल्लो समय विवादमा मुछिएकी मीरा अचार्य सोही मन्त्रालयको प्रशासन सुधार महाशाखातिर सारिएको महिनौं भयो तर वेव साइडमा उनको नाम भेटिदैन ।
बिज्ञापन
सामान्य प्रशासनमा आईटी हेर्न उपसचिव (निर्देशक)को दरबन्दी छ । तर सो पदमा कुनै कर्मचारी कार्यरत छैनन् । त्यस्तै सो मन्त्रालयमा एक अधिकृत र अर्काे इञ्जिनियरको समेत दरबन्दी रहेको भए पनि त्यहाँ अधिकृत समेत नभएको जनाइएको छ । इञ्जिनियरको दरबन्दीमा भुवन केसी कार्यरत छन् । यद्यपि उनलेर समेत सरुवा भएर गइसकेका नयाँ जिम्मेवारी पाएका कर्मचारीको विवरण अपडेट गर्न भ्याएका छैनन् ।

























