कर्मचारी सरुवामा विचौलिया हावी,आर्थिक चलखेलका आधारमा कार्यालय प्रमुख बनाइएको उपसचिवकै दावी

पछिल्लो समय भूमि व्यवस्था तथा सहकारी विभाग मालहतका नापी र मालपोतका कर्मचारी सरुवामा विचौलिया प्रमोद खड्का हावी हुँदै आएको थिए । उनीझैं विचौलियाकै योजना अनुसार पूर्व मन्त्री रञ्जिता श्रेष्ठदेखि राजकुमार गुप्ता र तत्कालीन सचिव अर्जुन पोखरेलहरु चल्दा दुई मन्त्री भ्रष्ट्राचार मुद्धा खेपिरहेका छन् । जेनजीको बलमा आएको सरकार र तिनका प्रशासकहरु समेत अझैं पनि विचौलियाका चलखेल,आर्थिक लेनदेनका आधारमा कर्मचारी सरुवा गरिरहेको आरोप लाग्न थालेको छ । यसरी आरोप खेपिरहेका छन् मन्त्री अनिलकुमार सिन्हा,तुलनात्मक रुपमा इमान्दार प्रशासकका रुपमा चिनिएका केदारनाथ शर्माहरु ।

बिज्ञापन

भूमि व्यवस्था तथा सहकारी विभागले गत १८ कार्तिकमा गरेको उपसचिवहरुको सरुवा गर्दा विचौलिया हावी भएको र दररेट तोकेरै कर्मचारीहरुको सरुवा गरिएको भन्दै कर्मचारीहरुले सामाजिक सञ्जालबाटै आक्रोश पोख्न थालेका छन् ।
एक त मन्त्रालयले निजामती नियमावली विपरित कर्मचारीको सरुवा गरेको छ भने अर्काेतिर आर्थिक चलखेल र विचौलियाका रोजाइका पात्रलाई आकर्षक कार्यालयमा ल्याइएको नापीकै कर्मचारीहरुले आरोप लगाउन थालेका छन् ।

बिज्ञापन

निजामती सेवा नियमावली अनुसार हरेक मन्त्रालयले आफ्ना मातहतका कार्यालयहरूको सरुवा असोज १ गतेदेखि असोज १५ गतेभित्र गर्नुपर्छ । तर, भूमिव्यवस्था मन्त्रालयले झण्डै एक महिना पछि कर्मचारीहरुको सरुवाको सूची सार्वजनिक गरेको थियो । मन्त्रालयले लाइन मिनिष्ट्री संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत सहमति नलिइ उपसचिवहरुको सरुवा गरेको पाइएको छ ।

मन्त्रालयले २१ जना नापी प्रमुख र दुई मालपोत प्रमुखहश्रको सरुवा गरेको छ । उपसचिवस्तरका २३ कर्मचारीहरुको सरुवा गर्दा नापी कार्यालय भक्तपुरका प्रमुख प्रदीप सापकोटा,ललितपुरका प्रमुख रमेश ज्ञवाली,झापा,भद्रपुरका प्रमुख सुनिल आनन्द,सुनसरी इनरुवाका कार्यालयल प्रमुख हरेराम यादव,मकवानपुर,हेटौडाका कार्यालय प्रमुख खिमबहादुर राना,कपिलवस्तु तौलिहवाका नापी प्रमुख जनकबहादुर भण्डारी र खिमलाल गौतमलाई नापी विभागमा तानेर त्यहाँ नयाँ उपसचिवहरुको खटन पटन गरिँदा र अन्य कार्यालय प्रमुख हेरफेर गरिँदा ठूलो आर्थिक चलखेल भएको र विचौलिया हावी भएको आरोप लाग्न थालेको छ ।

बिज्ञापन

मन्त्रालयले कर्मचारी सरुवा गर्दा काठमाडौं उपत्यकाका आकर्षक कार्यालय मानिएका भक्तपुर, ललितपुर, चाबहिल, कलंकी लगायतका नापी कार्यालयको प्रमुखहरु सरुवामा परेका थिए । यिनै कार्यालय प्रमुखको सरुवा गर्दा आर्थिक चलखेल भएको कर्मचारीहरुकै आरोप छ ।

सरुवाको सूची अनुसार,नापी कार्यालय भक्तपुरको प्रमुखमा पूर्णप्रसाद पाण्डे, ललितपुरमा अजित कुँवर, चाबहिलमा सञ्जय छत्कुली र कलंकीमा सुदिप श्रेष्ठलाई ल्याइएको छ । यसरी आकर्ष कार्यालयको प्रमुख हेरफेर गर्दा विचौलियाका इन्ट्रेष्ट अनुसार ल्याइएको र सरुवामा दररेट नै तोकेर आर्थिक लेनदेनका आधारमा ल्याइएको कर्मचरी वृत्तबाटै आरोप लाग्न थालेको छ ।

मन्त्रालयले दुई उपसचिवलाई मालपोत कार्यालयको प्रमुखमा सरुवा गरेको छ । जसमा रमेशप्रसाद गौतमलाई मालपोत कार्यालय बर्दिया र चिरन्जीवी पौडेललाई भरतपुर मालपोतको प्रमुखमा सरुवा गरिएको छ । यसरी उपसचिव सरुवामा आर्थिक चलखेल भएको आरोप लाग्न थालेको छ ।

सरुवा सूचीमै परेको एक जना उपसचिवले नापी अधिकृतको सरुवामा आर्थिक लेनदेनका आधारमा भएको भन्दै सामाजिक सञ्जालबाटै रोष प्रकट गरेका छन् ।
यसरी सरुवामा रुष्ट भएका उपसचिव हुन शत्रुधन यादव । नापी कार्यालय दमकबाट शत्रुघन यादव काठमाडौं भित्रने सूचीमा थिए तर सरुवा संशोधन हुँदै सूची सार्वजनिक हुँदा उनलाई सुनसरी इनरुवाको प्रमुख बनाएर खटाइएसँगै उनले सामाजिक सञ्जालमा लामो स्टटास नै लेख्दै कर्मचारी सरुवामा आर्थिक चलखेल भएको आरोप लगाएका हुन ।

अन्यायको चरमसिमा र भ्रष्टाचारको पराकाष्टा नाघेको भूमि व्यवस्थाको अव्यवस्था ! कस्ले सुधार गर्ने ? खै त जेन्जी सरकार ? नयाँ बोटलमा उहीँ पुरानो गन्हाउने रक्सी । सोझाहरु जहिले नि हेपिने । जो निकम्मा छ उसैको रजगज ।

उनले लेखेका छन्,‘हिजो १०.३० बजेसम्म मलाई सयौँ जनाले तपाईँको सरुवा कलंकी नापीमा भयो बनेर भनिरहँदा मैले तिनीहरूलाई खै जबसम्म आधिकारिक पत्र आउँदैन, तबसम्म भन्न सकिँदैन, मैले जवाफ फर्काउँथेँ । अनि मलाई लाग्थ्यो यसपालि व्यवस्था फेरिएको छ ।खास मापदण्ड अपनाएर सरुवा गर्न लागेको हो । भ्यालीभित्र काम गर्न नपाएकाहरूले मौका पाउने भयो लागेको थियो तर जब लिष्ट सेयर भयो । झण्डै मेरो ब्रेन ह्याम्ब्र्रेज भयो । म मरेको भए यसको दोषीको हुन्थ्यो ? म विधिको शासनमा विश्वास राख्ने मान्छे हो मैले भ्यालीको कार्यालयमा जाउँला अनि खुब घुस खाउँला भनेर चिताएको होइन, धरो धर्म होइन १ मेरो छोराछोरी परिवार उतै बस्छन् । मेरो जवानीको धेरै समय घर परिवार बाहिरै बिताएँ । अबको केही समय परिवारसँग भ्यालीमै बस्ने अनि मेरो एक्सपोजर देखाउने । बाहिर जतिसुकै काम गरे पनि एक्सपोजर हुँदोरहेनछ । मैले काम गरेका जिल्लाहरूमा यहाँहरूले जानकारी लिँदा हुन्छ म भन्दा सहज तरिकाले सेवा दिने कुनै हाकिम छ ? १ सयको काम गर्दा दुई चारको चित्त नबुझे होला छुट्टै कुरो हो तर मैले ९० प्रतिशत सेवाग्राहीलाई सन्तुष्ट पारेको छु । मेरो कार्यक्षमतामाथि प्रश्न उठाउने निकम्माहरूलाई चुनौती दिन्छु म भन्दा बढी लालपुर्जा बनाउने, फायल निर्णय गर्ने कोही छ ? संख्यै गनेर देखाऊ, एउटा बढी भए उसैको हातमा राजीनामा थमाइदिन्छु । जो चोर उसैको ठूलो स्वर । सो काम गरेबापत अनुचित लाभ लिने काम गरेको प्रमाणित गरिदिए झुण्डिन तयार छु । कसैलाई लागेको होला यो मधिसे केही नजान्ने हो ऊसँग मेरो चैलेन्ज । म उमेरले पाको भएँ । तैपनि विषय र समय तिमी तोक अनि सँगै जाँच देऊ, म भन्दा अगाडि निस्क्यौ भने म मधिसे ग्वारको छोरा होइन ।’

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सांसदहरूलाई स्वकीय सचिव नियुक्तिको बाटो खुल्यो

प्रमुख प्रशासकीय अधिकृतलाई जिल्ला नछाड्न परिपत्र

सरकारले रोक्यो नयाँ स्थायी पदपूर्ति

नयाँ दरबन्दीमा कडाइदेखि विदा पुनरवलोकन गर्ने कार्यदलसम्म : यस्ता छन सचिव बैठकका २२ निर्णय

सहसचिवको संयोजकत्वमा सार्वजनिक बिदा पुनरवलोकन कार्यदल गठन

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री र सचिवबीच छलफल

कर छलीदेखि जनस्वास्थ्यसम्मः ‘एक्सट्रिम–म्याक्स टाइगर’ प्रकरणमा सरकारी निकायकै संरक्षण

बारम्बार तेल चोरी हुने विराटनगर डिपोमा बिनी श्रेष्ठको नजर

बिशेष