सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन ‘सरकारको स्पिरिटअनुसार काम गर्नुहोस,नसके राजीनामा दिनुहोस’

नवनियुक्त प्रधानमन्त्री बालेन शाहले कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्न कर्मचारीहरूलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री बालेनले आफ्नो स्पिरिट अनुसार चल्न नसक्ने कर्मचारीलाई राजीनामा दिन सुझाव दिएका छन्।
शुक्रबार शपथलगत्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदभार ग्रहण गरेपछि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यसचिव तथा सचिवहरूसँगको छोटो भेटमा प्रधानमन्त्री शाहले कर्मचारीहरुलाई सरकारको स्पिरिट अनुसार चल्न निर्देशन दिएका हुन ।

बिज्ञापन

मुलुक परिवर्तनका लागि धेरै छिटोसँग दौडनु पर्ने अवस्था रहेको भन्दै आफ्नो स्पिरिट अनुसार चल्न नसक्ने कर्मचारीलाई राजीनामा दिन समेत सुझाएको ती सचिवले बताए ।

बिज्ञापन

कुनै पनि नियम कानुन संशोधन गर्न पर्दा आफू नेतृत्वको सरकार बलियो भएको स्मरण गराउँदै बाहनाबाजी गरेर काम नरोक्न स्पष्ट निर्देश गरेको एक सचिवले बताए । उनका अनुसार,प्रधानमन्त्री बालेनले लोक सेवा आयोग उत्तीर्ण गरेर आएका कर्मचारीको क्षमतामाथि आफू विश्वस्त रहेको र लोक सेवा आयोगबाट आएका कर्मचारीको उच्च सम्मान गर्दै काम गर्न नसक्ने कर्मचारीलाई हार्दिकता पूर्वक बिदाइ गर्ने बताएका हुन ।

प्रधानमन्त्रीले कुनै पनि विषय देखाएर ढिलासुस्ती नगर्न समेत निर्देशन दिएका थिए । मन्त्रीहरू पढेर आएका छन्, काम के गर्ने हो त्यसमा सहजीकरण गर्नुहोस,मन्त्रीहरुलाई नपढाउनुहोस प्रधानमन्त्रीलाई उद्धृत गर्दै ती सचिवले भने ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

आइतबारको बिदा कटौती गर्न सांसदको माग

अवकाशको चार दिन अघि बढुवा भए बेल्बासे, बढुवा सिफारिस भएको भोलिपल्ट घर गए श्रीकृष्ण

सम्पत्तिका डीजीको कञ्चटमा पेस्तोल तेर्साएको बिषयमा काँग्रेसले माग्यो सरकारसँग जबाफ

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाट तलबभत्ता असुल्ने

रसुवा जोड्न फलाँखुमा ७५ मिटरको बेलीब्रिज बनाइँदै, विदुर २३ र धुन्चे ३५ किलोमिटरमा झर्ने

पाँच महिनामै फेरिए तीन प्रमुख प्रशासकीय अधिकृत,मेयरले लेखिन प्रधानमन्त्रीलाई अपिलपत्र

सरकारी कार्यालयमा धाकधम्की दिने सुजन विश्वकर्मा पक्राउ

तीन सहसचिव बढुवा सिफारिस,न्याय परिषद्मा भट्टराई

बिशेष