प्रशासन
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एअरलाइन्सको विमान दुर्घटनाग्रस्त भएको छ । काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज बुधबार बिहान दुर्घटना भएको हो । सौर्य एयरको नाइन एन एएमई सीआरजे २०० विमान उडान गर्नुअघि रनवे २ जीरोबाट पूर्वतर्फ चिप्लिएर दुर्घटनामा पर्दा आगो लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिएका छन् । विमानस्थलबाट […]
सर्वाेच्च अदालतले राष्ट्रसेवक कर्मचारीहरुलाई सरकारद्वारा तोकिएको स्थानमा काम गर्नु राष्ट्रसेवक कर्मचारीको मूलभूत कर्तव्य हुने जनाएको छ । न्यायधीशद्धय मनोजकुमार शर्मा र सुनिल पोखरेलको इजलाशले यस्तो फैसला गरेको हो । नेपाल कृषि एग्रो इको एण्ड मार्केटिङ समुह अन्तर्गत उपसचिव तहका रुद्रप्रसाद पौडेल र यादव पद्धयोतीले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले यस्तो फैसला गरेको […]
वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) राजेन्द्रकुमार श्रेष्ठको सरुवा भएको छ । नियमित समयअघि नै गृहमन्त्रालयले उनको सरुवा गरिदिएको हो । केही दिनअघि मात्र श्रेष्ठविरुद्ध पोखराका केही पर्यटन व्यवसायीहरुले उनी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयमा उजुरी हालेका थिए । श्रेष्ठले पदीय मर्यादा विपरीत प्रहरीको जनशक्ति नै दुरुपयोग गरेर पर्यटन व्यवसायीसँग […]
एमालेलाई भ्रष्ट कर्मचारी कति प्यारा हुँदा रहेछन् भन्ने एउटा ताजा उदाहरण देखिएको छ । अहिले पर्सा जिल्लाबाटै तीन जना संघीय मन्त्री छन्,जसमध्ये संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीको कुर्सीमा छन्,राजकुमार गुप्ता । उनै गुप्तालाई प्रयोग गरेर एमालेका जनप्रतिनिधिहरुले भ्रष्टाचार मुद्धा खेपिरहेको एक कर्मचारीलाई टिपेर पालिकामा पु¥याएका छन् । एमालेका मन्त्रीलाई प्रयोग गरेर माओवादीका जनप्रतिनिधि भएको स्थानीय […]
कोशीका पूर्व मुख्यमन्त्री र प्रदेशका सचिवबीचको लफडा अहिले सतहमा आएको छ । पूर्वमुख्यमन्त्रीले धाक धम्की दिएको भन्दै प्रदेश सचिव न्याय खोज्दै प्रहरी प्रशासन र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका छन् भने पूर्वमुख्यमन्त्रीको सचिवालयले खण्डन गर्दै सचिवमाथि गम्भीर आरोप लगाएको छ । मंगलबारमात्र,कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईलाई शौचालयमा थुन्ने र […]
सोनोठिमीस्थित पाठ्यक्रम विकास केन्द्रमा भएको पाँच हजार घुस प्रकरणमाथि अनुसन्धान गर्न सरकारले छानविन समिति बनाएको छ । शिक्षामन्त्री विद्या भट्टराईले मन्त्रीस्तरीय निर्णय गर्दै उक्त घटनाको छानबिन गर्न निर्देशन दिनुभएको हो । जनता समाजवादी पार्टी, नेपालका सांसद तथा पूर्वमन्त्री वीरेन्द्र प्रसाद महतोले गत आइतबार संसदमा छोरोको सर्टिफिकेट इक्यूभ्यालेन्ट गर्न विचौलियालाई पाँच हजार घुस दिएको बताएका थिए […]
नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले फाष्ट्र ट्रयाकबाटै संघीय निजामती सेवा ऐन ल्याउने दावी गरेका छन् । यस अघिका ८ मन्त्रीहरुले झैं उनले पनि आफ्नै कार्यकालमा संघीय निजामती सेवा ऐन ल्याइने दावी गरेका छन् । संघीयता आए यताको नौ बर्षमा ८ जना संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री परिवर्तन भए । कुनै समय […]
रसुवा जिल्लाको नौकुण्ड गाउँपालिकाको अध्यक्ष चार दिनदेखि प्रहरीको चिसो सिढिमा छन् । गत शनिवार राति बूढानीलकण्ठ–१० स्थित एक घरको जुवाखालबाट पक्राउ परेका नौकुण्ड गाउँपालिकाको अध्यक्ष नुर्वु घलेलाई अनुसन्धानका निम्ति उनलाई हिरासतमा राखिएको हो । अध्यक्ष घले शनिबारदेखि प्रहरीको हिरासतमा रहेका छन् ।प्रहरीले जुवा खालबाट १ लाख ३५ हजार नगद बरामद गरेको जनाएको छ । सोही […]
कार्यकर्तालाई कमिसन दिन छिटो बजेट निकासा नगरेको भन्दै कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईलाई कुटपिट गर्ने धम्की दिएका छन् । पूर्वमुख्यमन्त्री कार्कीले आफूलाई शौचालयमा थुन्ने र कुटपिट गर्ने धम्की दिएको भन्दै प्रदेश सरकारका सचिवले प्रशासन गुहारेका छन्। सचिव भट्टराईले जिल्ला प्रशासन कार्यालय मोरङमा मंगलबार उजुरी दिँदै सुरक्षा मागेका छन्। उनले […]
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभाग, यातायात कार्यालयमा दुई दिनसम्म सर्भर डाउन हुँदा रोकिएको काम सुरु भएपछि सेवाग्राहीको भीड थामिनसक्नु भएको छ। मंगलबारबाट विभागको सर्भर चल्न थालेपछि ठूलो भर्याङ यातायात कार्यालयमा बिहानैदेखि सेवाग्राहीको लाम लागेको छ। दुई दिनदेखि विभागको सवारी चालक अनुमतिपत्रको सेवा प्रवाहसम्बन्धी विद्युतीय प्रणालीमा समस्या आएको थियो। केन्द्रीय सर्भर डाउन […]