सब इञ्जिनियरलाई सेवाबाटै बर्खास्त गर्ने तयारी

सडक विभागले ६ महिनादेखि सम्पर्क विहिन रहेका सव इञ्जिनियरलाई सरकारी सेवाबाट हटाउने प्रक्रिया अगाडि बढाएको छ ।

बिज्ञापन

विभागले पुलमा पदाधिकार रहेका नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह, हाइवे उपसमूहमा सब इन्जिनियर पदमा कार्यरत राम बहादुर केसी कर्मचारी संकेत नम्बर २१२९१९ लाई महिना दिन भित्र विभागसमक्ष चित्त बुझ्दो स्पष्टीकरण पेश गर्न अन्यथा सरकारी सेवाबाट हटाइने सूचनामार्फत जानकारी गराएको छ ।

बिज्ञापन

विभागका अनुसार सब इञ्जिनियर केसीले १ बर्षको विदा स्वीकृत गराएर गत बर्ष कार्तिक चैत्र १ गतेदेखी सडक विभागमा हाजिर हुनुपर्नेमा विना सूचना अनुपस्थित रहेको कारण उनीमाथि कारवाही प्रक्रिया अगाडि बढाइएको विभागले जनाएको छ ।

सूचनामा भनिएको छ, २०८० चैत्र १ गतेदेखि ०८१ फागुन मसान्त सम्म १ एक वर्षका लागि असाधारण विदा स्वीकृत गराई यस विभागमा मिति २०८१ चैत्र ०१ गते हाजिर हुनुपर्नेमा बिना सूचना अनुपस्थित रहेको तपाईलाई निजामती सेवा ऐन, २०४९ को दफा ६१ (१) छ को कसूरमा सोही ऐनको दफा २९ ख बमोजिम भविष्यमा सरकारी सेवाका निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने विभागीय सम्बन्धमा यस अघि सूचना प्रकाशित भएका मितिले १५ दिनभित्र यस विभाग समक्ष आफ्नो सफाइ पेश गर्नेहुन भनी मिति गत भदौं ०६ को गोरखापत्रमा सूचना प्रकाशन गरिएकोमा तपाईबाट कुन सफाई वा प्रतिकिया प्राप्त नभएको हुँदा तपाईलाई निजामती सेवा ऐन, २०४९ को दफा ६१ (१) को कसूरमा सोही ऐनको दफा २९ख (१) बमोजिम भविष्यमा सरकारी सेवाका निमित्त अयोग्य नठहरिने किन नहटाउने ?

बिज्ञापन

विभागले सूचनामा अगाडि भनेको छ,यदी सेवाबाट हटाउनु नपर्ने उचित र पर्याप्त कारण भए यो सूचना प्रकाशित भएका मितिले ३० दिनभित्र यस विभाग समक्ष स्पष्टीकरण पेश गर्नुहुन निजामती सेवा ऐन, २०४९ को दफा ६७ बमोजिम यो सूचना प्रकाशित गरिएको छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

भोटेकोशी बाढीपछि उद्धारमा समन्वय अभाव, टनेलमा फसेकाको उद्धार अझै अन्योलमा

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बिशेष