सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभाबाट फिर्ता

राष्ट्रिय सभामा विचाराधिन रहेको सामाजिक सञ्जाल विधेयक, २०८१ फिर्ता भएको छ।
सोमबार बसेको बैठकमा राष्ट्रियसभामा विचाराधीन सामाजिक सञ्जाल विधेयक २०८१ फिर्ता भएको हो । राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले उक्त विधेयकमाथि निर्णयार्थ प्रस्तुत गर्दै फिर्ता भएको घोषणा गरेका हुन् ।

बिज्ञापन

सो सभाको २०८२ भदौ १३ गते बसेको बैठकले राष्ट्रिय सभाबाट उक्त विधेयक उत्पत्ति गरी दफाबार छलफलका लागि विधायक व्यवस्थापन समितिका पठाएको थियो । समितिमा ३५ जना सांसदले १५५ वटा संशोधन प्रस्ताव दर्ता गरेका थिए ।

बिज्ञापन

समितिका सभापति दाहालले उक्त विधेयकमाथि सूचना तथा सञ्चार प्रविधिमन्त्री, मन्त्रालयका सचिव र सरोकारवालासँग विभिन्न चरणमा अनौपचारिक छलफल भएको जानकारी गराए । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत माघ २० गते उक्त विधेयक फिर्ता माग्ने निर्णय गरी माघ २१ गतेको पत्रमार्फत सरकारका तर्फबाट विधेयक फिर्ता माग्ने निर्देशन भएको थियो ।
सोही अनुसार,सरकारको सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णयलाई सोमबार राष्ट्रिय सभाले सर्वसम्मतिले पारित गरेको छ। आजको बैठकमा सभाका अध्यक्ष नारायण दाहालले विधेयक फिर्ता हुने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दै विधेयक फिर्ता भएको घोषणा गरेका हुन्।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भ्रष्टाचार रोक्न सरकार चुक्दा अख्तियार मैदानमा उत्रिन्छ : राई

जाँचबुझ आयोगको म्याद तेस्रो पटक थप्ने तयारी

सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभाबाट फिर्ता

तस्करीको गोदाम खुल्दा तस्कर रुन्चे मदन आक्रामक, सशस्त्र प्रहरीमाथि हमला

३ करोड ६३ लाख अकुतमा डामिएका सव इन्जिनियरको मुद्धामा साक्षी प्रमाण बुझ्ने आदेश

मालपानीको ‘दानापानी’ खाने भन्सारका कर्मचारी अख्तियारको राडारमा

मन्त्रिपरिषद् बैठक बस्दै,जाँचबुझ आयोगको म्याद थप्ने तयारी

प्रदेश लोकसेवाले माग्यो सहायकस्तर चौथो तहमा ५ सय ३३ कर्मचारी

बिशेष