महालेखा नियन्त्रकको कार्यालयले प्रशासन सेवा,लेखा समूहका कर्मचारीहरुको सरुवा तथा पदस्थापनसम्बन्धि मापदण्ड तयार गरेको छ । मन्त्रालयले तयार पारेको मापदण्डमा शुरु नियुक्ति भएका भएका राजपत्राङ्गित तृतीय श्रेणीका अधिकृतहरुलाई ऐनको दफा १५ तथा नियमावलीको नियम ३४  बमोजिम सुरु पदस्थापन गर्दा लोकसेवा आयोगको सिफारिस र योग्यताक्रमका आधारमा ६० प्रतिशत र नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान तथा सार्वजनिक वित्त व्यवस्थापन […]

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १०६ अधिकृतहरुको पदस्थापन गरेको छ । जसमध्ये ३ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा खटाइएको छ भने बाँकी १०३ जनालाई स्थानीय तहमा पठाइएको हो । हालैमात्र लोकसेवा आयोगबाट अधिकृत तह उत्र्तिण गरी कर्मचारी प्रशिक्ष्ण तालिम केन्द्रबाट तालिम लिएका अधिकृतहरुको पदस्थापन गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । […]

गृह मन्त्रालयले नेपाल प्रहरीका तीन डीआईजीको सरुवा गरेको छ । मन्त्री स्तरीय निर्णयबाट बुधबार यज्ञविनोद पोखरेल, लालमणि आचार्य र राजेश बास्तोलाको सरुवा गरेको हो । अधेश प्रदेशका डिआइजी यज्ञविनोद पोखरेल आर्थिक अनियमितताको आरोप लागेपछि प्रहरी मुख्यालयस्थित प्रदेश समन्वय विभागमा तानिएको छ।उनको खातामा शंकास्पद कारोबार देखिएको स्रोतको दाबी छ। पोखरेललाई सरुवा गरेर लालमणि आचार्यलाई मधेश प्रदेश […]

कृषि विकास बैंकको सञ्चालक समिति सदस्यमा अर्थ मन्त्रालयका सह–सचिव दीर्घराज मैनाली नियुक्त भएका छन् । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भदौ २० गते मैनालीलाई बैंकको सञ्चालक समिति सदस्यमा नियुक्त गरेका हुन् । अर्थ मन्त्रालयमा २५ सहसचिव छन् । १० सहसचिव अहिले मन्त्रालयमा छन् तर त्यहाँ ९ वटा मात्र महाशाखा छ । ठूला कार्यालयमा बस्न नपाए […]

अनलाइनमार्फत कम्पनी दर्ता सेवा बन्द भएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयले सूचना जारी गर्दै कम्पनी दर्तासम्बन्धी अनलाइन सेवा तत्कालका लागि बन्द गरेको जानकारी गराएको हो । सर्वोच्च अदालतको आदेशबमोजिम सेवा स्थगन गरिएको कम्पनीको भनाइ छ । कम्पनी दर्तालाई अनलाइन प्रक्रियामा लैजाने गरी कार्यालयले नयाँ सफ्टवेयर निर्माण गरेको थियो । तर, सोविरुद्ध सर्वोच्चमा मुद्दा परेको छ […]

सन् १९७० को दशकसम्म विश्वमै कम्प्युटरको विकास नभएको बेला माइक्रोचिप्स प्रयोग गरी कम्युटर निर्माण गर्ने नेपाली वैज्ञानिक मुनीबहादुर शाक्य ‘भिल्लका देशमा मणि’ झैं बन्न पुगे । विज्ञान र प्रविधिको क्षेत्रमा लाग्ने एकसे एक प्रतिभा छन्,नेपालमा तर राज्यले ‘किरा र हिरा’अझैं चिन्न सकेको छैन । त्यस्तै प्रतिभा हुन, चिरञ्जिवी अधिकारी,जो साइबर सुरक्षा र नेटवर्किङका विशेषज्ञ हुन् […]

गत बर्ष एक जना रंगीला हाकिमका कारण सिंहदरबार नै तातेको थियो । दमक नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रहेका बेला नगरपालिकाकै निवासमा एक महिलासँग मदिरा सेवन गर्दै अश्लील हर्कत गरेको भिडियो सार्वजनिक भएपछि विवादमा तानिएका थिए डमरु निरौला । उक्त प्रकरणसँगै निरौलालाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २४ घण्टा भित्र मन्त्रालयमा हाजिरी हुन पत्र काटेको […]

चार दशक अघि इटहरीमा जन्मिएका हुन् महानिर्देशक राजन पौडेल । झण्डै पाँच बर्ष धनकुटा बहुमुखी क्याम्पसमा प्रध्यापनमा बिताए । ०६८ सालबाट सरकारी कर्मचारीको रुपमा पाइला राखे । पहिलो पोष्टिङ्ग थियो सूचना आयोगमा । सरकारी जागिरको सिलसिलामा महिला बालबालिका तथा जेष्ठ मन्त्रालय हुँदै २ बर्ष जिल्ला निर्वाचन कार्यालयको प्रमुख भएर पाँचथर र धादिङ जिल्ला कमाण्ड गरे […]

काठमाडौं । सरकारले अर्थ मन्त्रालय र मातहत कार्यालयहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न स्वीकृति प्रदान गर्र्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुव्वा गुरुङले अर्थ मन्त्रालय र मातहत कार्यालयहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न स्वीकृति प्रदान गर्र्ने निर्णय भएको जानकारी दिएका हुन् । उनले […]

न बस्नलाई कुर्सी,न कुनै जिम्मेवारी । एक महिना होइन चार महिनासम्म ‘पेण्डुलम’ बनाएर थन्काइयो । यो दिक्दारीका बीच अनिवार्य अवकाशको बर्ष दिन अगाडि नै राजीनामा ठोके । साता दिन अगाडि दिएको राजीनामा स्वीकृत भयो १६ मा । मन्त्रालयका सिनियर कर्मचारी,सहसचिवसम्मले भन्थें,दशैंसम्म कुर्नु । अहिले लियाजो अफिसरका नाम छनौंट गर्ने काम धमाधम चलिरहेको छ । त्यो […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।