नवौं तहका १६ कर्मचारीहरुको सरुवा,फेरिए यातायात र उद्योग कार्यालयका प्रमुखहरु

बाग्मती प्रदेश सरकारले नवौं तहका १६ जना अधिकृतहरुको सरुवा गरेको छ ।

बिज्ञापन

प्रदेश सरकारले विभिन्न यातायात कार्यालय र उद्योगका प्रमुखहरु हेरफेर गरेको हो । यसरी हेरफेर हुँदा काठमाडौंस्थित राधेराधे,कलकी,खुर्काेट,चितवन,मकवानपुरको यातायात कार्यालय प्रमुखहरु फेरिएका छन् भने प्रदेश मातहत रहेका उद्योग कार्यालयका प्रमुखहरु पनि परिवर्तन भएका छन् ।

बिज्ञापन

जस अनुसार श्रीकृष्ण आचार्य आर्थिक मामिला तथा योजना मन्त्रालयबाट उद्योग तथा वाणिज्य कार्यालय काठमाडौंमा सरुवा भएका छन् ।

यस्तै यादवनाथ आचार्यलाई उद्योग मन्त्रालयबाट उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण मञ्च मकवानपुरमा खटाइएको छ । सो कार्यालय प्रमुख रहेका पुष्कर चन्द घिमिरेलाई सामाजिक विकास मन्त्रालय,आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट सुरेश खनाललाई यातायात व्यवस्था कार्यालय कलंकीमा पठाइएको छ ।
कलंकीबाट रीता यादवलाई प्रदेश सुशासन केन्द्र,ललितपुरमा सरुवा गरिँदा सो केन्द्रबाट नुमानन्द अधिकारी आर्थिक मामिला तथा योजना मन्त्रालय पुगेका छन् ।
सरुवाको सूची अनुसार,सामाजिक विकास मन्त्रालयबाट अमृत अधिकारी यातायात व्यवस्था कार्यालय चितवन,सो कार्यालयका प्रमुख रहेका विष्णु कुमार भट्टराईलाई आन्तरिक मामिला तथा कानुन मन्त्रायय,हेटौंडामा खटाइएको छ ।

बिज्ञापन

यस्तै,यातायात व्यवस्था कार्यालय खुर्काेटबाट तारा किरण राई उद्योग तथा वाणिज्य कार्यालय लतिपुर आइपुगेका छन् । सो कार्यालयको प्रमुख हुँदा राजदरबार तथा राजपरिवारको तक्मा विभूषणहरुमा गडबडी गरेको आरोप खेपिरहेका सन्तोष मोक्तान सरुवा भएर स्वास्थ्य मन्त्रालय,मकवानपुर पुगेका छन् ।

यस्तै,स्वास्थ्य मन्त्रालयबाट कुमार पोखरेल प्रदेश सभा सचिवालय,सचिवालयमा रहेका विनोद प्रधान सरुवा भएर संष्कृति पर्यटन मन्त्रालय हेटौंडा खटाइएको छ ।
यस्तै,प्रकाश अधिकारीलाई यातायात कार्यालय राधे राधेमा ल्याँइदा राधेराधेबाट डण्ड बहादुर बस्नेत प्रदेश सभा सचिवालय,श्रम मन्त्रायबाट विमल भट्टराई यातायात कार्यालय,मकवानपुरमा पठाइँदा सो कार्यालयबाट प्रविण श्रेष्ठ श्रम मन्त्रालयमा भित्रिएका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

११० कानुन संशोधन,एकै पटक १५३४ पदाधिकारी पदमुक्त

विधेयकमा आफ्नो माग नसमेटिए आन्दोलनमा उत्रने स्थानीय तहका कर्मचारीको चेतावनी

राष्ट्रपतिद्वारा तीन अध्यादेश जारी,१२०० राजनीतिक नियुक्ति एकै झड्कामा खारेज

मापदण्ड विपरीत अर्थ मन्त्रालयकै कमर्चारीले गरे १११ गाडीको दुरूपयोग

सहसचिव सरुवामा स्वकीय हाबी,मुख्यसचिव निरीह

अर्थ मन्त्रालयका कर्मचारीलाई नयाँ आचारसंहिता : उपहार लिन रोक,कार्यालयमा सामाजिक सञ्जाल चलाउन निषेध

सहायकस्तरदेखि उपसचिव तहका १८ कर्मचारीको सरुवा

मापदण्डै छेडखानी गरेर विज्ञापन,’एस म्यान’लाई प्रमुख विकास आयुक्त बनाउने सचिवको दाउ

बिशेष