सरकारले विभिन्न जिल्लाका ९ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने भएको छ । ती स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने गरी गृह मन्त्रालयले अगाडि बढाएको सङ्गठन संरचना र दरबन्दी तेरिज मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेसँगै देशका विभिन्न ९ स्थानमा इलाका प्रशासन कार्यालय खोल्ने बाटो अगाडि बढेको छ ।
बिज्ञापन
सोमबारको मन्त्रिपरिषद्को बैठकले गृह मन्त्रालय अन्तर्गतका ९ वटा नयाँ प्रस्तावित इलाका प्रशासन कार्यालयका लागि सङ्गठन संरचना र दरबन्दी तेरिज स्वीकृत गरेको हो । जस अनुसार, ताप्लेजुङ जिल्लाको इलाका प्रशासन कार्यालय शिरिजङ्गा, इलाका प्रशासन कार्यालय धो, डोल्पा,इलाका प्रशासन कार्यालय खत्याड,मुगु,इलाका प्रशासन कार्यालय, रास्कोट,कालिकोटका अलवा बाजुराको कोल्टी, डोटीको विपीनगर, दार्चुलाको गोकुलेश्वर, बैतडीको मेलौली र सङ्खुवासभाको हेदाङ्नागढीमा इलाका प्रशासन कार्यालयहरू स्थापना गर्ने निर्णय गरेको हो ।
























