प्रमुख प्रशासकीय अधिकृत,लेखापालसहित चार विरुद्ध भ्रष्टाचार मुद्धा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पालिका अध्यक्ष,शाखा अधिकृत,लेखापाल र विज्ञापन एजेन्सीका सञ्चालकसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ ।

बिज्ञापन

अख्तियारले टेण्डरको फेक सूचना देखाएर झण्डै साढे चार लाख भुक्तानी दिइएको भन्दै पालिकाका अध्यक्ष,शाखा अधिकृत र विज्ञापन एजेन्सीका सञ्चालकलाई प्रतिवादी बनाएर विशेषमा मुद्धा लगेको हो ।

बिज्ञापन

आयोगका अनुसार आर्थिक वर्ष २०७९/०८० मा छिपहरमाई गाउँपालिकाले विभिन्न निर्माण कार्यका लागि ठेक्का आह्वान गर्दा राष्ट्रियस्तरको सौर्य दैनिक पत्रिकामा सूचना प्रकाशित गरिएको देखाएर भुक्तानी गरिएको थियो । तर अनुसन्धानका क्रममा ती मितिमा पत्रिकामा कुनै सूचना प्रकाशित नै नभएको पुष्टि भएको हो ।

बोलपत्र आह्वानसम्बन्धी झुट्टा सूचना प्रकाशित गरी सरकारी रकम दुरुपयोग गरेको ठहर गर्दै सो गाउँपालिकाका अध्यक्ष मनोज कुमार, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्रप्रसाद साह, तत्कालीन लेखापाल संजय पटेल र विज्ञापन एजेन्सी केएस मल्टिपर्पोज प्रालि वीरगंजका सञ्चालक कमलकुमार उपाध्यायको मिलेमतोमा योजनाबद्ध रूपमा झुट्टा सूचना प्रकाशित गरिएको देखिएकोले भ्रष्टाचार निवारण ऐनअनुसार सबै प्रतिवादीलाई कानुनबमोजिम कडा सजाय हुन मागदाबी गरिएको छ ।

बिज्ञापन

आयोगका अनुसार खानेपानीका लागि ट्युबवेल जडान, छिपहरमाई स्टेडियम निर्माण, चार कोठे भवन निर्माण तथा दलित आवास भवन निर्माणसम्बन्धी ठेक्कामा बोलपत्र आह्वानको सूचना सौर्य दैनिकमा प्रकाशित भएको देखाउँदै विज्ञापन एजेन्सीलाई भुक्तानी गरिएको थियो । तर प्रेस काउन्सिल नेपालबाट प्रमाणित हार्डकपी र पीडीएफ प्रतिमा सो सूचना प्रकाशित भएको नदेखिएको पुष्टि भएको छ ।

यसरी सूचना लुकाउने मनसायले बदनियतपूर्वक कार्य गरी केएस मल्टिपर्पोज प्रालिलाई दुई पटकमा जम्मा ४ लाख २९ हजार ४ सय रुपैयाँ भुक्तानी गरिएको आयोगको ठहर छ । आयोगका अनुसार यसबाट गैरकानूनी लाभ तथा सरकारी सम्पत्तिमा हानि पुर्‍याइएको पुष्टि भएको छ । अख्तियारले छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज कुमारविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद, जरिवाना र बिगो असुल उपरको सजाय मागदाबी गरेको छ । साथै, ऐनको दफा २४ अनुसार थप सजायको माग पनि गरिएको छ।

त्यस्तै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्रप्रसाद साह र लेखापाल संजय पटेलविरुद्ध पनि जनही ४ लाख २९ हजार ४ सय रुपैयाँ बिगो कायम गरी कैद र जरिवानाको मागदाबी लिइएको छ । विज्ञापन एजेन्सी केएस मल्टिपर्पोज प्रालि वीरगंज र कम्पनीका सञ्चालक कमलकुमार उपाध्यायलाई मुख्य कसूरदारका मतियारका रूपमा अभियोग लगाउँदै सोही बिगो बराबरको सजाय माग गरिएको आयोगले जनाएको छ ।

प्रतिवादी बनाइएका कमलकुमार उपाध्याय मधेश प्रदेश मिडिया काउन्सिलका रजिष्ट्रार हुन् । यस अघि उनी बाराको पचरौता नगरपालिकाको दुई वटा ठेक्काको टेण्डर सूचना राष्ट्रियस्तरको दैनिकमा प्रकाशन गर्नुपर्नेमा रेकर्डका लागि मात्र दैनिक पत्रिकामा एकप्रति प्रिन्ट गराएर बील भरपाइ बनाइ ३ लाख ५२ हजार ५६० रूपैयाँ हिनामिना गरेको अभियोगमा दोषी ठहर भइसकेका व्यक्ति हुन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

ट्रेन्डिङ पोष्टहरू उपलब्ध छैनन्।

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

बिशेष