मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा मंगलवार बसेको सचिवस्तरीय बैठकले हरेक मन्त्रालयमा कर्मचारी दरबन्दी र कार्यरत कर्मचारी संख्याको अद्यावधिक विवरण तयार गर्ने लगायतका ११ निर्णय गरेको छ । आजको बैठकले सबै मन्त्रालयलाई कर्मचारी दरबन्दी र कार्यरत कर्मचारीको अद्यावधिक विवरण तयार गर्न निर्देशन दिएको छ। कार्यालयबाट सरुवा भएका कर्मचारीलाई सात दिनभित्र रमाना दिने व्यवस्था सुनिश्चित गर्न, र संघीय […]

आफू निकटस्थलाई बढूवा गर्नका लागि दरबन्दी थप्ने र अनुकुलका प्रहरीलाई छेक्न दरबन्दी कटौती गर्ने खेलोमेलो विगतदेखि नै चल्दै आएको छ,प्रहरीमा । जस्तो पाँच बर्ष अघि ओली नेतृत्वकै सरकारले कटौती गरेको थियो डीआइजीको दरबन्दी । अहिले उनै ओली सरकारले डीआइजीको दरबन्दी थप्ने तयारी गरिरहेको छ । केपी शर्मा ओली नेतृत्वको सरकारले २०७६ चैतमा एकसाथ १२ जना […]

पहिलो चौमासिकमा राजश्व संकलन कमजोर काठमाडौं । सरकारले चालू आर्थिक वर्षको पहिलो चौमासिकमा राजश्व संकलनमा उल्लेख्य सुधार गर्न नसकेको पाइएको छ । आन्तरिक राजश्वमा केही सुधार देखिएपनि भन्सारतर्फ उल्लेख्य सुधार नभएको प्राप्त तथ्यांकबाट पुष्टि भएको छ । आन्तरिक राजश्व विभागले लक्ष्यको ७७ दशमलव ८४ प्रतिशत मात्र राजश्व उठाएको छ । विभागले कात्तिकसम्ममा १ खर्ब ४० […]

अर्थ मन्त्रालयले विपद् व्यवस्थापन कोषमा एक अर्ब रुपैयाँ जम्मा गरेको छ ।मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले एक अर्ब रुपैयाँ जम्मा गरेको जानकारी दिएको हो। गत ११ र १२ असोजमा गएको बाढीपहिरोले जनधनको क्षति पुर्‍याएपछि मन्त्रिपरिषद्ले अर्थ मन्त्रालयबाट विपद् कोषमा एक अर्ब रुपैयाँ जम्मा गर्ने निर्णय गरेको थियो । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, […]

शासन प्रणालीमा नागरिकको सक्रिय सहभागिताको सुनिश्चितता गरी सह–शासनको पद्धति स्थापना गर्ने, सहकार्य र साझेदारी, सार्वजनिक सेवाको उत्पादन, वितरण र उपभोगमा सरोकारवालाको संलग्नता बढाई मूल्यवान परिणाम सृजना गर्ने र दोहोरो अन्तरक्रियामा आधारित नागरिक सरकारको सम्बन्ध प्रगाढ तुल्याई सम्पूर्ण शासन प्रणालीलाई नै पूर्ण प्रजातान्त्रिक बनाउने विषय नयाँ सार्वजनिक शासनका चासो र अध्ययन तथा अनुसन्धानका क्षेत्र हुन । […]

  नेपालको संविधान २०७२ को कार्यान्वयन पश्चात नेपाल विगतको एकात्मक राज्यप्रणालीको परम्परागत स्वरुपबाट परिमार्जित हुदै संघीय लोकतान्त्रिक राज्यमा रुपान्तरण हुन पुगेको छ। संवैधानिक व्यवस्था अनुसार संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ प्रदेश र स्थानीय गरी तीन तहको हुने र राज्य शक्तिको प्रयोग संघ, प्रदेश र स्थानीय तहले संविधान तथा कानून वमोजिम गर्न सक्ने व्यवस्था […]

लोक सेवा आयोगले उपसचिव पदको बढुवा स्थगित गरेको छ । आयोगले नेपाल इन्जिनियरिङ्ग सेवाका राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव) वा सोसरह पदको बढुवा विज्ञापन स्थगित गरिएको जनाएको छ । उच्च अदालत पाटनको आदेशपछि गत असोज ३० गते प्रकाशित बढुवाको प्रक्रिया हाललाई स्थगित भएको छ । आयोगले विभिन्न ४९ पदका लागि बढूवाको लागि विज्ञापन प्रकाशन गरेको थियो […]

कर्मचारी कार्यालयमा पुगिसकेका छन् । उता सेवाग्राहीको लाइन छ । हठात क्याविनेटले निर्णय गर्दछ आज सार्वजनिक बिदा । यस्तो कच्चा निर्णय गर्दा केपी ओली सरकारको उक्त निर्णयको अहिले चौतर्फी आलोचना भइरहेको छ । आइतबार बिहानको क्याविनेट बैंकठले अकस्मात सार्वजनिक बिदा दिएसँगै सेवाग्राही,कर्मचारीहरुदेखि सर्वसाधरणसम्म सरकारी निर्णयको चौतर्फी आलोचना भइरहेको छ पूर्वसभामूख दमननाथ ढुंगानाको निधनपछि सरकारले आइतबार […]

  सरकारले सुरक्षण मुद्रण केन्द्रमा कार्यकारी निर्देशक नियुक्त प्रक्रिया अगाडि बढाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज सार्वजनिक सूचना निकालेर उक्त पदमा दरखास्त आह्वान गरेको हो । सुरक्षण मुद्रणसम्बन्धी ऐन, २०८१ को दफा १९ बमोजिम योग्यता पुगेका इच्छुकलाई आवेदन पेश गर्न भनिएको छ । दरखास्त दिने म्याद १० दिन तोकिएको छ । मन्त्रालयका […]

सरकारले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोकमा आज सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। बिदा भए पनि धेरैजसो कर्मचारी कार्यालय पुगिसकेका छन्। कतिपय सेवाग्राहीसमेत कार्यालय पुगिसकेको अवस्थामा बिदा हुँदा समस्या भएको छ। ढिलो गरी निर्णय हुँदा कर्मचारी र सेवाग्राहीले सास्ती भोगेका छन्।आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो। ढुंगानाको भने हिजै […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।