२५ कर्मचारी छड्केमा,प्रमुख प्रशासकीय अधिकृतसहितको हाजिरीमा लाग्यो रातो

सप्तरीको बलान बिहुल गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवले बिहीबार कार्यालय समयमा छड्के अनुगमन गर्दा २५ जना कर्मचारी कार्यालयमा अनुपस्थित भेटिएका छन् ।
कर्मचारीहरु समयमा नआउने र कार्यालयमा समेत नभेटिने गरेको गुनासो बढेपछि अध्यक्ष यादवले आन्तरिक अनुमगन गर्दा निमित्त प्रमुख प्रशासकीय अधिकृतसहितका २५ कर्मचारी छड्केमा परेका हुन ।
अध्यक्ष यादवका अनुसार अनुगमनका क्रममा ६० जना कर्मचारीमध्ये निमित्त प्रमुख प्रशासकीय अधिकृत सकलदेव मण्डलसहित २५ जना कर्मचारी त्यो बेलासम्म गैरहाजिर रहेको पाइएको थियो ।

बिज्ञापन

बिहान साढे १० बजे कार्यालय पुगेर छड्के अनुगमन गर्दा त्यो बेलासम्म २५ जना कर्मचारी कार्यालयमा उपस्थित नै नभएको भेटिएको हो । सेवाग्राहीबाट कार्यालय समयमा कर्मचारी उपस्थित नहुने समस्या रहेको गुनासो आउन थालेपछि छड्के गरिदा ६० मध्ये झण्डै आधा कर्मचारी समयमा अनुपस्थित भएको नपाइएपछि उनीहरुको विहिबारको हाजिरीमा रातो लगाइएको पालिका अध्यक्ष यादवले जनाएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

एकै वर्षमै ८५ अर्ब राजश्व छुट,क कस्ले पाए लाभ ?

प्रदेशमा मन्त्रालय कटौतीको तयारी : साउनबाट १२ मन्त्रालय ८ मा झारिदैं

अत्यावश्यकबाहेक नयाँ सामग्री खरिद नगर्न निर्देशन

एक बर्षमै थपियो ८८ अर्ब ९ करोड बेरुजु

परिमार्जनसहित रायपरामर्शका लागि अर्थमा पुग्यो संघीय निजामती सेवा विद्येयक

कुन मन्त्रालयको कति बेरुजु ३ बजेपछि

कसरी हुँदैछ कटौतीमा परेका मन्त्रालयका सचिवको व्यवस्थापन ? 

स्वास्थ्यदेखि खाद्य स्वच्छतासम्म एउटै मन्त्रालयको दायरामा, राजपत्रमा सार्वजनिक भयो ३७ बुँदे कार्यक्षेत्र

बिशेष