नयाँ सरकार गठनको सरकारको सुरसारसँगै र अन्तरिम सरकारका मन्त्रीहरु आफ्नो सक्रिय भूमिकाबाट ओझेल पर्न थालेसँगै मुलुककै प्रमुख प्रशासकीय केन्द्र सुनसान बन्न पुगेको छ । आज मात्र प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेलले केसीलाई शपथ ग्रहण गरेका छन् । केसीले राष्ट्रपतिबाट सपथ लिएपछि चैत १२ गते बिहीबार प्रतिनिधि सभाका २७४ सदस्यहरुलाई सपथ ग्रहण गराउने छन् । सभामुख निर्वाचित नहुँदासम्म केसीले नै प्रतिनिधि सभा बैठकको अध्यक्षता समेत गर्नेछन् ।
बिज्ञापन
निर्वाचनको जनादेशअनुसार वरिष्ठ नेता बालेन्द्र शाह १३ चैतमा प्रधानमन्त्रीमा नियुक्त हुने तय भइसकेको छ ।यसरी नयाँ सरकार गठनको गृहकार्य भइरहँदा सुशीला कार्की नेतृत्वको सरकारका अधिकांश मन्त्रीहरु सक्रिय भूमिकाबाट ओझेल परिरहेका छन् । संघीय मामिला तथा सामान्य प्रशासनसहित अर्थ मन्त्रायका जिम्मेवारी सम्हालेका अर्थमन्त्री रामेश्वरप्रसाद खनाल गत शुक्रबारदेखि नै ‘कुलिङ पिरियडमा छन् । यस्तै सहरी विकाससहित भूमि व्यवस्था मन्त्रीको जिम्मेवारी सम्हालेका प्रा डा कुमार इङ्नामले दुबै मन्त्रालयबाट बिदा लिइसकेका छन् ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठ र स्वास्थ्य तथा जनसंख्यामन्त्री डा सुधा शर्मा गत आइतबारदेखि भने सक्रिय भूमिकामा देखिन छाडेकी छिन् । वन र भौतिक मन्त्रालयको जिम्मेवारी सम्हालेका माधवप्रसाद चौलागाईंले कुलमानको कार्यकालमा भएको उपलव्धीलाई आफ्नो कार्यकालको उपलव्धी भन्दै सार्वजनिक गरेर सक्रिय भूमिकाबाट ओझेल परेका छन् भने कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदनप्रसाद परियार,गृहमन्त्री ओमप्रकाश अर्याल,उद्योग, पर्यटन र ऊर्जा मन्त्रालय सम्हालिरहेका कानुनमन्त्री अनिलकुमार सिन्हादेखि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी उति सक्रिय छैनन् । प्रधानमन्त्री सुशीला कार्की आगामी १३ गते नै एक कार्यक्रमको आयोजना गरी सिंदहरबारबाट बिदाइ हुँदैछिन् ।
अहिले सिंहदरबार पूराना मन्त्रीको विदाई र नयाँ मन्त्रीहरुको पर्खाइमा रहेका कारण सुनसान जस्तै अवस्थामा रहेको र चहल पहल कम भएको देख्न सकिन्छ ।


























