सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले सङ्घीय निजामती ऐन छिट्टै संसदबाट पारित हुने बताएका छन् । मुलुक संघीयतामा गए पनि लामो समयसम्म पारित हुन नसकेको संघीय निजामती ऐन छिट्टै पारित हुने मन्त्री जोशीले बताएका हुन् । उनले सङ्घीय निजामती ऐनमाथि दफावर छलफल गर्ने तयारीमा रहेको बताउँदै यो ऐन कार्यान्वयनमा जाँदा ठुलो उपलब्धि हुने […]

पोखरा महानगरपालिकामा कार्यरत इन्जिनियर घुससहित पक्राउ गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराले महानगरका सब इन्जिनियर उषाकिरण रोकायालाई आयोगले नगद रकमसहित पक्राउ गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार, अख्तियारले सब इन्जिनियर  किरण रोकाय र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवर घुससहित पक्राउ गरेको जनाएको छ । घर निर्माण सम्पन्न प्रमाणपत्र दिलाउने […]

कुटनीतिक राहदानी दुरुपयोगमा मुछिएका खानेपानी मन्त्रालयका सचिव सुरेश अचार्यसहित तीन जनालाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई राष्ट्रिय सर्तकता केन्द्रले पत्राचार गरेको छ । सचिव आचार्य मन्त्रिपरिषदबाट स्वीकृत नगराई विदेश भ्रमणमा निस्किएका थिए । गत गत ३ माघमा यूएन हेबिटाटको ‘इनक्लुसिभ डिसेन्ट्रलाइज्ड सेनिटेसन एन्ड अर्बन ट्रान्सफर्मेसन’ कार्यक्रममा सहभागी हुन उनी ढाँटेर त्यता पुगेका थिए । […]

ईपीएस कोरियन भाषा अन्तर्गत उत्पादनमूलक क्षेत्रका लागि लिइएको परीक्षाको नतिजा सार्वजनिक गरिएको छ। उत्पादन मुलकतर्फ पहिलो चरणको ईपीएस भाषा परीक्षामा ६ हजार ३२१ जना परीक्षार्थी पास भएका छन् । ईपीएस कोरिया शाखाका अनुसार २०८० फागुन ७ गतेदेखि चैत २४ गतेसम्म लिएको परीक्षामा सहभागी ४० हजार ५८० जनामध्ये ६ हजार ३२१ जना पास भएका हुन् । […]

  १६औँ योजनाका लागि राष्ट्रिय योजना आयोगले सत्ता साझेदार दलहरुसँग छलफल गरेको छ । प्रधानमन्त्री एव. आयोगका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा आयोगले दलका प्रमुख एवं प्रतिनिधिहरुसँग छलफल गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको अन्तरक्रिया कार्यक्रममा सत्ताको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रबाट प्रधानमन्त्री प्रचण्डसँगै पार्टीका वरिष्ठ उपाध्यक्ष एवं उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, […]

देउवा सरकारले लुकाएको एउटा प्रतिवेदन सरकारले सात बर्षपछि सरकारले आज सार्वजनिक गरेको छ ।  चिकित्सा शिक्षा क्षेत्रमा भएका अनियमितता, सम्बन्धन, प्रवेश परीक्षा, भर्ना, शुल्क र गुणस्तरका क्षेत्रमा देखिएका समस्याबारे समाधानका उपायसहितको प्रतिवेदनको सिफारिस अनुसार तत्काल कार्यान्वयन सुरु हुने मन्त्रालयले जनाएको छ। सरकारलाई ७४ सालमा ‘चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोग’को प्रतिवेदन  बुझाएको थियो । उक्त प्रतिवेदनमा […]

रसुवाको नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्वु स्याङबो घलेलाई प्रहरीले पक्राउ गरेको छ । अध्यक्ष घलेले मानव बेचविखन विरुद्धको कसुर गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । नेपाली महिलालाई कुवेत पठाउँछु भनेर उनले श्रीलङ्का पठाएको मानव बेचबिखन ब्यूरोका एसएसपी ओम रानाले जानकारी दिए । उनले भने,‘उहाँविरुद्ध मानव बेचबिखनसम्बन्धी एउटा पुरानो मुद्दा रहेछ । हामीले उहाँलाई एकछिन अघि […]

जिल्ला प्रशासन कार्यालय, लमजुङले सार्वजनिक पदधारण गरेका व्यक्ति तथा पदाधिकारीलाई मदिरालगायत महँगा उपहार तथा कोसेली नलिन आग्रह गरेको छ । जिल्लामा सार्वजनिक पदाधिकारीहरुसँगको औपचारिक तथा अनौपचारिक भेटघाटमा संलग्न मदिरालगायत महँगा उपहारहरु लिनेदिने गरेको गुनासो प्राप्त भएको भन्दै सिडियो कार्यालयले यस्तो अनुरोध गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी गोर्कणराज सुयलले एक सूचना प्रकाशित गर्दै आफू […]

सरकारले भोलि सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फित्र (ईद)को अवसरमा बिहीबार सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ । गृहका प्रवक्ता रुद्रप्रसाद पण्डितद्धारा जारी सूचनामा भोलि ईद पर्वको अवसरमा मुलुकभर सार्वजनिक बिदा दिइएको हो । गृहले आज सूचना जारी गर्दै २०७९ चैत २ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार बिदा दिने […]

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिका प्रमुख (मेयर) भरतकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । मेयर भएको अवधिमा पाँच करोड ३३ लाख ५३ हजार १८९ रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जनगरी भ्रष्टाचार गरेको अख्तियारको ठहर छ । थापा प्रमुखको […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।