राजावादी आन्दोलनका कमाण्डर नजरबन्दमा,धवल,रविन्द्र र स्वागतसहित ५१ पक्राउ

प्रहरीले पूर्वराजा समर्थकहरुको प्रदर्शनको मूल नेतृत्व गरिरहेका नेताहरुलाई धमाधम पक्राउ गर्न थालेको छ ।हिजोको आन्दोलनमा अमानवीय,अमर्यादित तथा गैरकानुनी आपराधिक गतिविधिमा संलग्न रहेको भेटिए पछि राजावादी समर्थक आन्दोलनकारीहरुलाई प्रहरीले धमाधम पक्राउ गरेको हो । प्रहरीले राजावादी आन्दोलनका कमाण्डरलाई भने घरमै नजरबन्दमा राखेको छ ।

बिज्ञापन

प्रहरीले राप्रपाका अन्य दुई शीर्ष नेतालाई भने ललितपुरको सातदोबाटोबाट शुक्रबार साँझ प्रकाउ गरेको छ । जसअनुसार, राप्रपाका महामन्त्री धवल शमशेर राणा र रविन्द्र मिश्र पक्राउ परेका छन् । उनीहरुलाई ललितपुरको बीएण्डबी अस्पतालमा भर्ना भएका केही घाइतेलाई भेटेर फर्कने क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो । अहिले टेकुस्थित अपराध अनुसन्धान कार्यालयमा राखिएको छ । यस्तै अधिवक्ता स्वागत नेपाल पनि पक्राउ परेका छन् ।

बिज्ञापन

उता, सोही अभियानका संयोजक नवराज सुवेदीको घरमा भने प्रहरी परिचालन भएको छ । राजसंस्था पुनः स्थापनाका लागी संयुक्त जनआन्दोलन समिति’ का संयोजक नवराज सुवेदीलाई गौरीघाटस्थित घरमै नजरबन्दमा राखिएको छ । प्रहरीका अनुसार,शुक्रबार राति अबेरसम्म पक्राउ पर्ने संख्या ५१ पुगेको छन् ।

यस्तै मेडिकल व्यवसायी दुर्गा प्रसाईँको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

स्थानीय तहमा मध्यमकालीन खर्च संरचना : कागजी औपचारिकता कि वित्तीय अनुशासन ?

एजाइल व्यवस्थापन : परिवर्तनसँगै अघि बढ्ने आधुनिक व्यवस्थापन पद्धति

कानुनबाट फिर्ता भयो संघीय निजामती सेवा विद्येयक,३०- ५५ को प्रावधान यथावत

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

बिशेष