राजावादी समर्थक आन्दोलनकारीहरुका हिंसात्मक प्रदर्शन भएको क्षेत्रको निरीक्षण गर्न गृहमन्त्री रमेश लेखक अहिले तिनकुने क्षेत्र जाने भएका छन् ।
बिज्ञापन
शुक्रबार पूर्वराजा समर्थकहरुले गरेको प्रदर्शन उग्र बन्दा २ जनाको मृत्यु र ११० जना घाइते भएका छन् भने १४ वटा आगजनी समेत भएको छ। प्रहरीका अनुसार,प्रदर्शनका क्रममा ५३ नेपाल प्रहरी र २२ सशस्त्र प्रहरी पनि घाइते छन्। यस्तै प्रदर्शनकारीतर्फ ३५ जना घाइते भएका छन् । गृह प्रशासन चुस्त दुरुस्त नबन्दा यो स्थिति आएको भन्दै गृह प्रशासनकै आलोचना भइरहेको छ ।
बिज्ञापन
शुक्रबार आयोजना गरिएको राजावादीको प्रदर्शन पूर्वनिर्धारित भए पनि प्रशासन र सुरक्षा निकायको सुझबुझपूर्ण निर्णय,आपसी समन्वय नहुँदा प्रदर्शनकारी अराजक बन्न पुगेको टिप्पणी गर्दछन्,सुरक्षा क्षेत्रका जानकारहरु । गुप्तचर विभागका अधिकारीहरुले ,प्रहरी र सशस्त्र प्रहरी बललाई प्रदर्शन अराजक बन्ने आकलनसहितको सूचना दिइएका भए पनि गम्भीररुपमा नलिँदा यो स्थिति आएको हो भन्छन् ।
सो क्षेत्रमा काठमाडौं जिल्ला प्रशासन कार्यालयले हिजो सवा चार बजेदेखि लगाएको कफ्र्यु अहिले विहान सात बजे स्थगन भएको छ । त्यहाँ जारी गरिएको कर्फ्यु आदेशको समय सकिएसँगै गृहमन्त्री रमेश लेखक अहिले उक्त स्थानको निरीक्षणका लागि जान लागेका हुन ।
बिज्ञापन
उसो त हिजो साँझ बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले शुक्रबार काठमाडौँको तीनकुनेमा राजावादीको आन्दोलनका क्रममा भएका तोडफोड, लुटपाट र आगजनीको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न गृह मन्त्रालयलार्ई निर्देशन दिएको छ ।
शुक्रबारको हिंसाको घटनाबारे गृहमन्त्रालयले छानबिन गर्ने छ । मन्त्रिपरिषद् बैठकले राजावादीहरूले आतंक फैलाएको, ढुंगामुढा गर्ने, आगजनी र लुटपाट गर्ने, मानिसको ज्यानै जाने अमानवीय र गैरकानुनी काम गरेको ठहर गर्दै गहिरो छानबिन गर्ने निर्णय समेत गरिसकेको छ ।