Author: कर्मचारी प्रेस
लोकसेवा आयोगले सहसचिव तहको अन्तिम नतिजा सार्वजनिक गरेको छ । आयोगको विज्ञापन नम्बर १६६५८- ०८/ ८१ (खुला) तर्फ लिएको प्रशासन,न्याय सेवाको अन्तिम नतिजा सार्वजनिक गरेको हो । आयोगका अनुसार प्रशासन सेवातर्फ २ जना नियुक्तिका लागि सिफारिस भएका छन् । जसमा कृष्णकुमारी श्रेष्ठ र कृष्ण पौडेल रहेका छन् । यस्तै महिला कोटामा कविता रेग्मी,मधेसी कोटाबाट श्रीराम […]
काठमाडौं । इलाका प्रशासन कार्यालय, थारमारे, सल्यानमा कार्यरत कम्प्युटर अपरेटर (नासु) गणेश भण्डारीलाई प्रहरीको फन्दामा परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरोले नासु भण्डारीलाई बुधबार पक्राउ गरेको हो । नक्कली लाइसेन्सको छानविनमा उनी पक्राउ परेका हुन् । भण्डारी यसअघि यातायात कार्यालयमा रहँदा परीक्षा नै नदिई लाइसेन्स वितरणमा संलग्न रहेको खुलेपछि सिआइबीले पक्राउ गरेको हो । सोही […]
सशस्त्र प्रहरी बल, नेपालको प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआईजी) कुमार न्यौपानेलाई दिईएको छ । यसअघि प्रवक्ता रहेकासशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र खड्काको सशस्त्र प्रहरी बल, नेपाल यू.एन. शान्ति स्थापना तालिम शिक्षालय ककनी नुवाकोटमा समादेशकको जिम्मेवारीमा सरुवा भएपछि डिआईजी न्यौपानेलाई सो जिम्मेवारी दिईएको हो । नायव महानिरीक्षक न्यौपाने यसअघि सशस्त्र प्रहरी बल, नेपाल […]
पछिल्लो समय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको काम गराइप्रति कर्मचारीहरू आक्रोशित बन्दै गइरहेका छन् । शिक्षामन्त्री श्रेष्ठको काम गर्ने शैलीप्रति कर्मचारीहरु आजित छन् । उनीहरुले मन्त्रीको कुराकाटेरै दिन बिताउने गरेका छन् । सदरका लागि टिप्पणी लिएर जाने कर्मचारीलाई ठाडै हप्काउने गरेपछि अचेल कर्मचारी उनका सामु पर्न निकै अप्ठेरो महसुस गर्ने गरेका छन् । शिक्षामन्त्री […]
नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एवं सांसद राजेन्द्र प्रसाद पाण्डेले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति नबनाईकन सरकारले सुख नपाउने बताएका छन् । प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित् भएपछि संसद् भवन परिसरमा मिडियाकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा उनले सहकारी सम्बन्धी छानबिन समिति बनाउनु पर्ने बताउदै गृहमन्त्री रवि लामिछानेको मात्रै नाम किटान गर्न आवश्यक नभएको बताएका हुन् । उनले […]
संघीयता कस्तो ‘गलगाँण’ भयो भने दरबन्दी छ,कर्मचारी छैनन, संघले खटाइएका कर्मचारी जनप्रतिनिधि लिन मान्दैनन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालैमात्र लोकसेवा उत्र्तिण गरेका फ्रेस ३० अधिकृतलाई विभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर खटाएकोमा १६ मन्त्रालयमै फिर्ता भएका छन् । मंगलबार बिहानसम्ममा फिर्ता हुने फ्रेस अफिसरको संख्या १६ पुगेका छ । लोकसेवा […]
काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले सरकारले अगाडि बढाएको उर्जा उत्पादनको नीतिमा संघले आर्थिक लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । आर्थिक समृद्धिका लागि उर्जा क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेर नेपालको उर्जा उत्पादनको क्षमताको आधारमा सरकारले सन् २०३५ सम्म थप २८ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य लिएको छ । सरकारले सन् २०३५ सम्म देशको […]
पर्सा । आफ्नै ५ महिनाको छोराको हत्या गरी फरार रहेको अभियोगमा वीरगंज महानगरपालिका-१७ अलौ बस्ने २२ वर्षीया आरती कुमारीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । आरतीले २०८० साउन २७ गते बिहान घरमा कोही नभएको बेला छोरालाई घाटी थिची हत्या गरी फरार भई भारत पूर्वी चम्पारण थाना रक्सौल पोष्ट सिहपुर हरैयाग्राम एकडर्वा टोलमा बस्दै आएकोमा हाल […]
अधिकांश ट्रयाल सेन्टरहरुमा प्रयोगात्मक परीक्षा लिँइदा चोरीको गाडी प्रयोग हुने गरेको पाइएको छ । सतर्कता केन्द्रले यसरी चोरीका सवारी साधन प्रयोग गरेर प्रयोगात्मक परीक्षा लिने ट्रायल सेन्टरहरुलाई कारवाहीका लागि सिफारिस गरेको छ । राष्ट्रिय सर्तकता केन्द्रमा काठमांडौं उपत्यका लगायत अन्य स्थानमा संचालित यातायात व्यवस्था कार्यालयहरुको सवारी चालक अनुमती पत्रको लागि प्रयोगात्मक परीक्षा लिने ट्रायल सेन्टरले […]
काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र बजेटलाई नागरिक केन्द्रीत तथा सहभागितामा आधारित बनाउन सुझाव मागेको छ । स्थानीय सरकारले बनाउने नीति तथा कार्यक्रमले सबैलाई समेट्न सकियोस् र पारदर्शी होस् भन्ने हेतुले यो विधि अपनाइएको महानगरले जनाएको छ । महानगरले आगामी दिनमा के कस्ता किसिमका नीति तय गर्नुपर्ला ? यहाँ दिइएका शीर्षकमा […]