सचिवसँग ६ र सहसचिवसँग १० लाख धरौटी माग

नेपाल ट्रस्टको जग्गा लिजमा दिँदा ठगी गरेको आरोप खेपेका तत्कालीन सचिव अर्जुनबहादुर कार्की र सहसचिव लेखबहादुर कार्कीलाई धरौटीमा छान आदेश भएको छ ।

बिज्ञापन

काठमाडौं जिल्ला अदालतका न्यायाधीश रामचन्द्र खड्काको इजलासले तत्कालीन सचिव अर्जनुबहादुर कार्कीलाई ६ लाख र पूर्व सहसचिव लेखबहादुर कार्कीसँग १० लाख रुपैयाँ धरौटी माग्ने आदेश दिएको छ ।

बिज्ञापन

करिब एक महिना लामो अनुसन्धानपछि सीआईबीले नेपाल ट्रस्टका तत्कालीन सचिव अर्जुनबहादुर कार्की, सहसचिव लेखबहादुर कार्की र थमसेर्कु डेभलपर्सका सञ्चालक सोनाम शेर्पामाथि ठगी र आपराधिक लाभको आरोपमा मुद्दा चलाउनुपर्ने राय लेखेको थियो ।

नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले गत २ पुसमा जिल्ला सरकारी वकिलको कार्यालय, पूर्वसहसचिव लेखबहादुर, पूर्वसचिव अर्जुन, थामसेर्कु ट्रेकिङ र ल्हाक्पा सोनाम शेर्पाविरुद्ध मुद्दा दायर गरेको थियो । उनीहरूले नेपाल ट्रस्टलाई ६ अर्ब ४५ करोड ६६ लाख ३७ हजार ९९४ रुपैयाँ ३१ पैसा दिने प्रस्ताव स्वीकार गर्न सिफारिस गरेको भए पनि एक अर्ब ५९ करोड ४० लाख ५२ हजार २०४ रुपैयाँ ६० पैसामा सम्झौता गरेको सीआईबीको अनुसन्धानमा खुलेको थियो ।

बिज्ञापन

यसरी गरेको सम्झौता नियम सङ्गत नदेखिएको र ठगी गरेको सीआईबीको अनुसन्धानको निष्कर्ष थियो ।

तर बुधबारको इजलाशले तत्कालीन सचिवलाई ६ लाख र सदस्य सचिव समेत रहेका लेखबहादुर कार्कीलाई सचिवभन्दा ४ लाख बढी धरौटीमा छाड्न आदेश दिएको हो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

ट्रेन्डिङ पोष्टहरू उपलब्ध छैनन्।

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

बिशेष