सर्वोच्च अदालतले ५ उपसचिव र ४९ शाखा अधिकृतको काज सरुवा गरेको छ ।
बिज्ञापन
अदालतले उपसचिव (उपरजिष्ट्रार) देवेन्द्र ढकाललाई सर्वाेच्च अदालतबाट जुम्ला जिल्ला अदालतको स्रेष्तेदारको रुपमा खटाएको छ भने इजलाश अधिकृत ध्रुवबहादुर कुँवरलाई मनाङ जिल्ला अदालत ,शारदा फुँयाललाई सोलुखुम्बु जिल्ला अदालत,उच्च अदालत पाटनका उपरजिष्ट्रार रमेश बहादुर कुँवरलाई सिन्धुपाल्चोक जिल्ला अदालतको स्रेष्तेदारको जिम्मेवारी दिएर खटाउँदा उच्च अदालत जनकपुर राजविराज इजलाशबाट सृजना गौतमलाई उपरजिष्ट्रारको जिम्मेवारी सहित सर्वाेच्चमा ल्याइएको छ ।
यस्तै अदालतले ४९ जना शाखा अधिकृतहरुको सरुवा गरेको छ । यसरी ४९ अधिकृत सरुवा हुँदा ७ अधिकृत सर्वाेच्च अदालतमा इन्ट्री भएका छन् भने ४ जना सर्वाेच्चबाट बाहिरिएका छन् ।
a3c56a9a4410cc0f361dce8982a7d916

























