Author: कर्मचारी प्रेस
राजस्व अनुसन्धान कार्यालय पथलैयाले बिक्की वस्त्रालयमा छापा हानेको छ । बारा जिल्लाको जितपुरस्थित चन्दन मार्केटमा रहेको बिक्की वस्त्रालयमा राजस्व अनुसन्धान कार्यालय पथलैयाले छापा हानेको हो । राजस्व अनुसन्धान कार्यालय पथलैयाका अधिकृत प्रमोद चौधरीको टोलीले उक्त फर्ममा छापा हानेको छ । ठुलो मात्रामा राजस्व छली तथा चोरी तस्करी गरिएका कपडाको ठुलो मात्रामा कारोबार भएको आंशकामा छापा […]
राष्ट्रिय सतर्कता केन्द्रले गरेको एउटा अनुगमनका क्रममा गृह मन्त्रालयका कर्मचारी सबैभन्दा अटेरी भएको पाइएको छ । केन्द्रले आज शिक्षा,गृह,उद्योग र परराष्ट्र मन्त्रालयमा छड्के अनुमगन गर्दा एकै दिन त्यहाँका ४३ कर्मचारी छड्केमा परेका हुन । छड्केमा परेकामध्ये ३४ जना कार्यालय समयभन्दा ढिला पुगेका र ९ विना स्वीकृत अनुपस्थित रहेको भेटिएको केन्द्रले जनाएको छ । प्रशासन सुधारकका […]
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय टीकापुर, कैलालीका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसाइली र नापी कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख मान बहादुर चन्दसमेत ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार साविक नारायणपुर-८ अन्तर्गतको कित्ता नं ९०८ को क्षेत्रफल १५ बिगाह सार्वजनिक जग्गा २०६८ सालमा व्यक्तिको नाममा पुर्याएको दाबी […]
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरबासीका लागि लोकसेवा तयारी कक्षा सुरु गरेको छ । गएको महिना वैशाख २२ गते सार्वजनिक सूचनामार्फत कक्षामा सहभागी हुन चाहने इच्छुक महानगरबासीलाई आवेदनका लागि आव्हान गरिएको थियो । यस सूचनाका आधारमा २०५ जनाको आवेदन परेको थियो । आवेदकमध्ये १७७ जना छनोट गरेर चैतन्य एकेडेमीसँगको सहकार्यमा कक्षा सुरु गरिएको हो ।यसरी कक्षा […]
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न भएको किटानी जाहेरी परेका नुर्बु (नोर्बु) घलेलाई जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँले सफाइ दिएको थियो,गत वैशाख २१ गते । तर १५ दिनपछि उच्च सरकारी वकिलको कार्यालयले उक्त फाइलै फिर्ता पठाइदिएको छ । जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँको सफाई दिने निर्णयमा कैफियत भेटेरै उच्च सरकारी वकिलको कार्यालयले यसमा कैफियत भनेको छ […]
त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तह प्रथम वर्षको आंशिक तथा प्राइभेट परीक्षा दिने परीक्षार्थीहरुका लागि परीक्षा आवेदन फाराम भर्न सूचना प्रकाशित गरेको छ । परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुसार २०७९ सालको २०८१ सालमा संचालन हुने स्नातकोत्तर तह प्रथम वर्षको परीक्षा दिने मानविकी, व्यवस्थापन, शिक्षाशास्त्र संकाय र एम.पि.ए. तर्फका आंशिक तथा प्राइभेट परीक्षार्थीहरुले आ-आफ्नो क्याम्पसमा […]
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशक फेरिएका छन् । सरकारले सहसचिव कमल भट्टराईलाई सम्पत्ति शुद्धीकरण अनसन्धान विभागको महानिर्देशकको जिम्मेवारी दिएको छ । विभागका महानिर्देशक पुष्पराज शाही प्रधानमन्त्री कार्यालयमा सरुवा भएका छन्।उद्योगी व्यवसायीलाई अनावश्यक रुपमा दुःख दिने काम भएको भन्दै शाही विवादको घेरामा तानिएका थिए। ‘सबैभन्दा निस्कलंक अड्डाको रुपमा विकास गर्नुपर्ने निकायमा विवादित व्यक्ति ल्याएर पैसा असुल्ने […]
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी कमलराज भट्टराईले पाएका छन् । गत सातामात्र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएका भट्टराईलाई सम्पत्ति शुद्धीकरणको महानिर्देशकको जिम्मेवारी दिइएर त्यता पठाइएको हो । यस अघि नै हङकङका महावाणिज्यदूत र भन्सार विभागका महानिर्देशक चलाइसकेका भट्टराई भोलिदेखि सम्पत्ति शुद्धीकरणमा हाजिर हुन लागेका हुन । विभागका महानिर्देशक […]
प्राध्यापकहरुको पिकनिकको लफडा प्रहरीसम्मै पुगेको छ। एक जनामाथि चारजना भारी परेको भन्दै सुखड प्रहरीमा उजुरी परेको छ। घटना हो, कैलालीको खानीडाँडामा घोडाघोडी बहुमुखी क्याम्पसका प्राध्यापकहरुको । हिजो (शनिबार) पिकनिकमा एक जनाले आफूलाई कुटपिट भएको भन्दै सुखड प्रहरीमा ४ जनाविरुद्ध उजुरी गरेका छन्। बहुमुखी क्याम्पसमा अध्यापन गराउँदै आएका केही प्राध्यापकको बढुवा तथा करारमा रहेकाहरू स्थायी भएको […]
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले आफ्ना नातेदारलाई ल्याएर सचिवालय भरेका छन् । सोझा र गौ प्राणी मानिएका मन्त्री जोशीको सचिवालयमा अहिले भतिज र छोरीलाई राखिएको छ । यस्तै मन्त्रीको सचिवालयमा इञ्जिनियर दीपक बोहराले नजिकबाट सघाइरहेका छन् । पछिल्लो समय बेमौसमी सरुवाको खेती मौलाएको छ । अहिले प्रमुख प्रशासकीय अधिकृत चलाउने समय होइन […]