सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्न अस्वीकार गरेको छ । पछिल्लो तीन दिनसम्म चलेको बहस पछि केही बेर अघि सर्वाेच्चले रविलाई थुना पठाउने उच्च अदालतको बुटवल इजलासको आदेशलाई सदर गरेको छ ।
बिज्ञापन
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछाने पक्राउ परेका थिए । उनलाई गैरकानूनी थुनामा राखेको भन्दै लामिछाने पत्नी निकिता पौडेलले सर्वोच्च अदालत अदालतमा रिहा गर्न माग गर्दै बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।
बिज्ञापन
गत मंगलबार, बिहीबार आज भएको बहस पछि न्यायाधीशहरू डा नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले अहिले राती ९ बजे लामिछानेलाई थुनामुक्त गर्नुपर्ने माग राखी उनकी पत्नी निकिता पौडेलले पेश गरेको बन्दीप्रत्यक्षीकरणको निवेदन खारेज गरेको हो ।
सर्वोच्च अदालतको यो आदेशपछि जिल्ला अदालत रुपन्देहीबाट सुप्रिम सहकारी ठगीको मुद्दा नटुंगिदासम्म रवि थुनामा हुनेछन् । जिल्ला अदालतले सफाइ दिएमा मात्रै उनी थुनामुक्त हुनेछन् ।