शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८ औँ जयन्ती आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ। प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ। सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरण स्वरुप यो पर्व मनाउने गरिएको हो। यस अवसरमा सरकारले आज सार्वजनिक […]

पोखरामा दुर्गा प्रसाईंमाथि केरा प्रहार भएको छ । पोखरा अंमरसिंहमा आज आयोजित कार्यक्रममा सहभागी हुन पुगेका प्रसाईंलाई र्‍यालीका क्रममा केरा प्रहार भएको हो । यस अगाडि बागलुङमा पनि प्रसाईँमाथि मुक्का प्रहार भएको थियो । ‘नेपालीहरूको मुक्तिको लागि अन्तिम लडाइँ’ कार्यक्रमको लागि बागलुङ आएका प्रसाईँमाथि बागलुङ नगरपालिका-७ का ३७ वर्षीय रामकान्त गौतमले मुक्का हानेका हुन् ।

सिड्नी– अस्ट्रेलियामा बर्ड फ्लू पनि भनिने एभियन इन्फ्लुएन्जाको पहिलो मानव केस रेकर्ड भएपछि भिक्टोरिया राज्यको स्वास्थ्य प्राधिकरणले बुधबार सार्वजनिक स्वास्थ्य सतर्कता जारी गरेको छ । भिक्टोरियन स्वास्थ्य विभागका अनुसार ‘एच–५एन–१’ एभियन इन्फ्लुएन्जाको यो केस यस वर्षको मार्चमा विदेशबाट फर्केका एक बच्चामा देखिएको थियो । गम्भीर लक्षण देखिएपछि सङ्क्रमित बच्चा पूर्णरूपमा निको भइसकेका छन् । यो […]

बागलुङको गल्कोट नगरपालिकाले चौधरी ग्रुपको उत्पादन वाइवाइ चाउचाउ किनबेचमा पूर्ण प्रतिबन्ध लगाएको छ । ४ नम्बर वडा कार्यालयले आफ्नो क्षेत्रभित्र वाइवाइ किनबेच गर्न नदिने निर्णय गरेको हो । नेपालमा सर्वाधिक बिक्री हुँदै आएको चौधरी ग्रुपद्धारा उत्पादित वाइवाइ चाउचाउमा प्रयोग गरिएको कच्चा पदार्थ र रसाइन विषदीयुक्त रहेको भेटिएको विषदीयुक्त रहेको भेटिएपछि चाउचाउको बिक्रीमै प्रतिबन्ध लगाइएको छ […]

नेपाल प्रहरी अस्पताल र सशस्त्र प्रहरी बलले सञ्चालन गरेको एपीएफ अस्पताल रिफर्म गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ । समितिमा गृह मन्त्रालयका प्रतिनिधि, नेपाल प्रहरी अस्पतालमा कार्यरत डीआईजी डा.सुन्दरप्रसाद हैंजु, सशस्त्र प्रहरी अस्पतालका प्रमुख डीआईजी डा.रूपक महर्जन, सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधि सदस्य र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि सदस्य छन्।

निजामती सेवाभित्र चर्चित नाम हो,सुरेश सुनार । कान्छा सिडियो अर्थात ३२ बर्षमैं प्रमुख जिल्ला अधिकारी बनेर गृह प्रशासनको रेकर्ड ब्रेक गरेका उनले यो स्थानसम्म पुग्न कम्ता दुखको पापड पेलेका छैनन । दुर्गम जिल्ला रुकुममा जन्मिए,त्यो पनि दलितको कोखबाट ।सुगम र शहरमा आज त दतिलमाथि उस्तै विभेद छ । २९ बर्ष अघि जाजरकोटमा दलितमाथि विभेदको पर्खाल […]

लोकसेवा आयोग नेपालको निजामती सेवामा आवश्यक पर्ने जनशक्ति आपूर्ति गर्ने एक संवैधानिक निकाय हो । यसले निजामती सेवामा आवश्यक पर्ने कर्मचारी नियुक्तिका लागि शैक्षिक योग्यता र पाठ्यक्रम तोक्ने, रिक्त पदको माग सङ्कलन गर्ने, विज्ञापन गर्ने, दरखास्त लिने, दरखास्त रुजु गर्ने, स्वीकृत गर्ने, परीक्षा सञ्चालन गर्ने, नतिजा प्रकाशन गर्ने, अन्तर्वार्ता लिने एवं सिफारिस गर्ने जस्ता महìवपूर्ण […]

नागरिकतामा ४ वर्ष उमेर नबढाइएको भए रूपनारायण अहिले रिटायर्ड जीवन होइन, सचिवका रूपमा कुनै मन्त्रालय÷आयोग चलाइरहेका हुन्थे । यातायातको डिजी हुँदा सिण्डिकेट तोड्ने प्रयत्न र गोंगबु बसपार्कभित्र ल्होत्सेको दादागिरीविरुद्ध खरो रूपमा उत्रिएका उनी तत्कालीन मन्त्री रघुवीर महासेठको निशानामा परे र त्यही कारण तानिएर २४ घण्टामा तीन पटक सरुवामा परे । यातायातका भ्रष्ट कर्मचारीलाई पाता कस्ने, […]

लोकसेवा आयोगको वेबसाइटमा समस्या आएपछि परीक्षार्थीहरूले अन्योलमा परेका छन् । मंगलबारदेखि वेबसाइटबाट एडमिट कार्ड निकाल्न नमिलेपछि परीक्षार्थीले अन्योलमा परेका हुन् । यस विषयमा आयोगकी प्रवक्ता गीताकुमारी होमागाईले समस्या देखिएमा समाधानको पहल गर्ने बताइन् ।आज दिउसो १ बजेदेखि कृषि समूह पाचौं संघको परीक्षा रहे पनि एडमिट कार्ड झिक्न नमिल्दा विद्यार्थीहरू अन्योलमा परेका हुन्।

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाईदिन्छु भन्ने प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली भजनी गाउँपालिका-१ घर भई ललितपुर महालक्ष्मी नगरपालिका-१ बस्ने ३६ वर्षीय बिशाल हमाल, काठमाडौं महानगरपालिका-७ चाबहिल बस्ने ३१ वर्षीय प्रशान्त पण्डित र सप्तरी कोईलाली गाउँपालिका-३ घर भई […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।