वालुवाटार पुगेका गृहमन्त्रीलाई ‘पद त्याग्ने कुरै नगर्नुहोस’ भन्दै फर्काइदिए प्रधानमन्त्रीले

प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रमेश लेखकले पद त्याग्नु नपर्ने बताएका छन् ।

बिज्ञापन

भिजिट भिसा प्रकरणमा जोडिएका मन्त्री लेखकले पद त्याग्नुपर्ने आवाज उठाएर विपक्षी दलहरुले संसद अवरुद्ध गरिरहँदा आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,गृहमन्त्री रमेश लेखकका अलवा कांग्रेस उपसभापति पुर्णबहादुर खड्का, कांग्रेस प्रमुख सचेतक श्याम घिमिरे र एमालेका प्रमुख सचेतक महेश बर्तौला सहभागी थिए ।

बिज्ञापन

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दल एमाले र कांग्रेसका शीर्ष नेताहरूको बैठकले गृहमन्त्री लेखकले राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको हो । भेटमा रमेश लेखक राजीनामा गर्न तयार थिए यद्यपि उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले रोकिरहेका बताइएको छ ।

प्रधानमन्त्री ओलीले यो ‘तपाइँविरुद्ध मात्र होइन गठबन्धनविरुद्धको कुरा हो। त्यसैले राजीनामा गर्ने कुरै छैन’ भन्दै प्रधानमन्त्रीले रोकेका कारण गृहमन्त्री राजीनामा नदिइ बसेका छन् ।

बिज्ञापन

यो सँगै सत्ताधारी दलले भने गृहमन्त्रीको राजीनामा नदिने नीति लिएको छ । एउटा कर्मचारीले गल्ती गर्दा मन्त्रीले राजीनामा दिँदै हिड्ने कुरा हुन्छ र ? भन्दै सत्ताधारी दलका नेताहरु गृहमन्त्री रमेश लेखकको पक्षमा बोलिरहेका छन् ।

उता, प्रधानमन्त्री ओलीले प्रचण्डलाई टेलिफोन संवाद गर्दै संसद् सञ्चालनको वातावरण बनाउन आग्रह गरेका छन् तर प्रचण्डले गृहमन्त्रीको राजीनामा नआइ संसद् बैठक सञ्चालन हुन नसक्ने जबाफ फर्काएका छन् ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

बिशेष