Author: कर्मचारी प्रेस
रसुवाको गोसाइँकुण्ड गाउँपालिका-४, लाङसिसामा ट्रेकिङ गएका एक जनाको लेक लागेर मृत्यु भएको छ। मृत्यु हुनेमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-६ का २४ वर्षीय विजय तामाङ रहेका छन्। समुन्द्र सतहदेखि करिब ५६०० मिटरमा रहेको लाङसिसामा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। गोसाईकुण्ड ४ लाङसिसा स्थितमा मृत्यु भएको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रसुवाबाट प्रहरी निरीक्षकको कमाण्डमा […]
मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति रामचन्द्र पौडेलको जेनेभा भ्रमण स्वीकृत गर्नेसहित विभिन्न निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले नेपाली प्रतिनिधिमण्डलको प्रतिनिधित्व गर्दै जेठ ३१ गते स्विजरल्यान्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ अधिवेशनमा सहभागी हुने राष्ट्रपति पौडेलको कार्यक्रमलाई स्वीकृत गरेको हो । त्यस्तै बैठकले नेपाल न्याय सेवातर्फको राजपत्रांकित विशिष्ठ श्रेणी पदमा खेमराज ज्ञवाली, यामबहादुर बुढा मगर […]
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३० हजार घुससहित पक्राउ परेका भूमिसुधार तथा मालपोत कार्यालय कपिलवस्तुका नायब सुब्बा नरहरि खनालविरुद्ध मुद्दा दायर गरेको छ । जग्गा नामसारी गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस लिएको उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको थियो । जग्गा नामसारी गर्ने नाममा खनालले सेवाग्राहीबाट ३० हजार रुपैयाँ […]
सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गरि अनुसन्धान गर्न माग गरिएको रिटको सुनुवाइ आज पनि स्थगित भएको छ ।सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा परेको उक्त रिटको पेशी आज पनि स्थगित भएको छ । रवि विरुद्धको मुद्दा आज पनि सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा पेशी तोकिएपछि निवेदक अनुपम भट्टराईले […]
चलचित्रकर्मीलाई सरकारले परिचयपत्र उपलब्ध गराउने भएको छ । त्यसका लागि उसले आवेदन माग गरेको छ । चलचित्र विकास बोर्डले विभिन्न विधाका चलचित्रकर्मीलाई विशिष्ट चलचित्रकर्मी र चलचित्रकर्मी श्रेणीको परिचयपत्र वितरण गर्न लागेको हो । चलचित्रको माध्यमबाट राष्ट्रलाई पुर्याएको योगदानको कदरस्वरूप दुई श्रेणीका परिचयपत्र वितरण गर्न लागेको बोर्डले जनाएको छ । बोर्डले परिचयपत्र लिन इच्छुक चलचित्रकर्मीलाई तोकिएको […]
प्रहरीको उमेर हदसम्बन्धी अध्ययनका लागि गृह मन्त्रालयले सहसचिवको नेतृत्वको सात सदस्यीय कार्यदल गठन गरेको छ । उपप्रधान एवं गृहमन्त्री स्तरीय निर्णयअनुसार गृह मन्त्रालयका सहसचिव एवं कर्मचारी महाशाखा प्रमुख झक्कप्रसाद आचार्यको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको हो । कार्यदलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका डीआईजी, अर्थ मन्त्रालयका उपसचिव, गृह मन्त्रालयको कानून उपसचिव, […]
कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)ले मंगलवार सरकारले ल्याएको आर्थिक वर्ष २०८१/८२ को बजेट सूचना तथा सञ्चार प्रविधि क्षेत्रका लागि स्वागतयोग्य रहेको प्रतिक्रिया दिएको छ । बजेटमा पाँच रूपान्तरणकारी क्षेत्रमा सूचना प्रविधि विकासलाई समावेश गरिएको भन्दै यसले नयाँ आशा देखाएको महासंघले जनाएको छ । क्यान महासंघका अध्यक्ष रणजीत पोदारले बजेटले आईटी क्षेत्रका धेरै आवश्यकतालाई समेटेको […]
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्ञान, पुँजी, सीप र प्राविधिक क्षमताअनुसारको रोजगारी सुनिश्चित गर्न सरकारले रोजगार बैंकको अवधारणा कार्यान्वयनमा ल्याउने बताएका छन् । श्रमाधान रोजगार मेलालाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारीबाट फर्किएकाहरू वा नेपालमै रहेको श्रम सीप र अनुभवको उपयोग गरी उद्यमशिलता विकास गरिने बताएका हुन । “वैदेशिक रोजगारीबाट फर्किएकाहरू वा नेपालमै रहेको […]
यस अघि उच्च र विशेष अदालतले हेर्दै आएको सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा अबदेखि जिल्ला अदालतले पनि हेर्न सक्ने बनाइएको छ । संसदबाट ऐन संशोधनमार्फत यस्तो व्यवस्था गरिएको हो । सम्पत्ति शुद्धीकरण अवैध धन्दा वा अपराधको विषय हो । आइन्दा मानव बेचविखन गरी त्यसैबाट आर्जित रकम बैंकमा जम्मा गर्नेलगायत संगीन अपराधमार्फत कमाएको रकम सम्पत्ति शुद्धीकरणअन्तर्गत पर्ने छन् । देशैभरका जिल्ला अदालतमा […]
यही असार ७ गतेबाट पुनः प्रदर्शनमा आउन लागेको भजन शिरोमणि स्वर्गीय भक्तराज आचार्यको वायोपिक फिल्म आचार्यको नयाँ ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा भक्तराज आचार्यको बाल्यपन देखि संगीत क्षेत्रको १६ बर्षे उत्कृष्ट समय अनि स्वर गुमेको घटना पनि देखाइएको छ । १३ बर्ष अघिनै निर्माण भएर प्रर्दशन भएता पनि भक्तराज आचार्य प्रति श्रद्धाञ्जली भन्दै […]