‘चोरबाटो’ बाट प्रत्येक सांसदलाई २१ करोडको योजना

गणतन्त्र दिवसका अवसरमा अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गरेका बजेटको मुख्य दुई विशेषता छन्, प्रधानमन्त्रीका आइटी सल्लाहकार अस्गर अलीलाई पोस्ने र सांसदहरुलाई ठेकेदार बनाउने । अस्गर अलीलाई पोस्ने योजना शिक्षा मन्त्रालयमार्फत अगाडि बढाइएको भेटिएको छ भने सांसदहरुलाई ठेकेदार बनाउने योजना शहरीमार्फत विनियोजन भएको पाइन्छ ।

बिज्ञापन

शिक्षा मन्त्री विद्या भट्टराईले राजीनामा दिनुपर्ने मुख्य कारणमध्य एक हुन अस्गर अलि । इ- सेवा हुँदै पछिल्लो समय एम्बिसन गुरुको नाममा धन्दा चलाउँदै आएका उनै अलीको पक्षपोषण हुने गरी अर्बौ बजेट शिक्षा मन्त्रालयमार्फत दिने काम बजेटमार्फत अगाडि बढाइएको छ । अलीको लगानी रहेको ‘एम्बिसन गुरू, प्रालि’लाई श्रव्यदृश्य शिक्षण सामग्री उत्पादनको झण्डै सात अर्ब बजेट दिलाउन लागिएको हो । ‘एम्बिसन गुरू’ र ई–सेवा मात्र होइन प्रधानमन्त्री ओलीका आईटी सल्लाहकार अलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा फिट गरिएको ‘नेपाली पोर्ट’ प्रणालीको ठेक्कासमेत हात पारिसकेका छन् । यस्का अलवा ‘नागरिक एप’,बागमतीमा ड्राइभिङ्ग लाइसेन्स सफ्टवेयर समेत उनै अलीको कम्पनीले बनाएको हो ।

बिज्ञापन

उता अघिल्लो पटक अर्थमन्त्री हुँदा पौडेलले सांसद विकास कोष खारेज गरेका थिए ।अहिले उनैले सांसदहरुलाई खुसी पार्न चोरबाटोबाट बजेट विनियोजन गरेको भेटिएको छ ।  तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको पालामा ‘पूर्वाधार विकास कोष’को अवधारणा सुरु भएको थियो । पछि त्यसको नाम फेरेर ‘सांसद विकास कोष’ र ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’ भनिएको थियो । सरकारले यस्ता कार्यक्रमअन्तर्गत निर्वाचन क्षेत्रमा ६ करोड रुपैयाँसम्मका दरले बजेट विनियोजन हुने गरेको थियो । तर यो रकम विकासको नाममा कार्यकर्तामा बाँडेर दुरुपयोग हुने गरेको भन्दै आलोचना हुँदै आएको थियो । उक्त आलोचनालाई कम गर्न अर्थमन्त्री पौडेलले नै आर्थिक वर्ष २०७८/ ७९ को बजेटबाट सांसद विकास कोषको नाममा दिने गरेको बजेट हटाएका थिए । दुई वर्षअघि तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रत्येक निर्वाचन क्षेत्रमा सांसदले छानेका योजनामा खर्च गर्न भनेर ५ करोडका दरले बजेट छुट्याएकामा सर्वोच्च अदालतले निर्वाचन क्षेत्र कार्यक्रम कार्यान्वयनमा रोक लगाएको थियो अहिले भने शीर्षक नाम फेरेर सांसदहरुलाई ठेकेदार बनाउने कार्यक्रम बजेटमा समावेश गरेको पाइएको छ । राष्ट्रिय योजना आयोगले शहरी विकास मन्त्रालयका लागि ५२ अर्ब रुपैयाँको सिलिङ दिएको थियो ।

चालु आर्थिक वर्षको ९२ अर्ब ६३ करोड रुपैयाँमा संशोधित बजेट ६८ अर्ब ३ करोडमा २३.७२ प्रतिशतले घटाएर आगामी आर्थिक वर्षका लागि ५१ अर्ब ८९ करोड सिलिङ पाएका थियो । अर्थात चालु आर्थिक बर्षमा विनियोजन भएको बजेटको ६८ अर्ब ३ करोड रकम खर्च गर्न नसक्ने स्थिति थियो शहरी विकास मन्त्रालयको । तर सिलिङभन्दा सयौं गुणा बढी बजेट विनियोजन गरिनुको पछाडि त्यही सांसदहरुलाई ठेकेदार बनाउने कार्यक्रम प्रमुख हो भन्छन्,शहरीका कर्मचारीहरु । चालु आर्थिक वर्षका लागि ९२ अर्ब ६३ करोड ५४ लाख वार्षिक बजेट पाएको मन्त्रालयले अघिल्लो आर्थिक बर्षको भन्दा २७ प्रतिशत बढी र अहिलेको बजेटको कूल ६ प्रतिशत अर्थात १ खर्ब १८ अर्ब ३४ करोड ४४ लाख रुपैयाँ बजेट पाएको छ । मन्त्रालय स्रोतका अनुसार,प्रति निर्वाचन क्षेत्रमा ३ करोड रुपैयाँका दरले ७ वटा योजना राखिएको छ । अर्थात प्रति निर्वाचन क्षेत्र २१ करोड रुपैंयाका दरले सांसदहरुको गोजीमा कमिसन पु¥याउने योजना बजेटमार्फत अगाडि सारिएको हो । यसमा अर्थमन्त्री पौडेलले ३४ अर्ब ६५ करोड रुपैयाँ छुट्याएको छ ।

बिज्ञापन

रातो किताबमा उल्लेख गरिए अनुसार,३४ करोड ४४ लाख रुपैयाँमध्ये ५० वटा बस्ती विकासमा ३ करोडका दरले १ अर्ब ५० करोड रुपैयाँ राखिएको छ । त्यस्तै, सघन सहरी योजनाअन्तर्गत ३० वटा नगरपालिकामा ५ करोडका दरले १ अर्ब ५० करोड बजेट विनियोजन गरिएको भेटिएको छ । जहाँ प्रति निर्वाचन क्षेत्रमा सात वटा योजना छुट्याइएको छ । जसअनुसार प्रत्येक योजनालाई ३ करोड रुपैयाँका दरले एउटा क्षेत्रमा २१ करोड रुपैयाँ विनियोजन गरिएको छ । यस हिसाबले १६५ वटा निर्वाचन क्षेत्रमा ३४ अर्ब ६५ करोड रुपैयाँ सहरी विकास मन्त्रालयमार्फत विनियोजन गरिएको भेटिएको हो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

५२ जना अधिकृत र ९ जना उपसचिव गरी ६१ जना कर्मचारीको सरुवा

९ उपसचिवको सरुवा : २ पुगे संघीय मन्त्रालयबाट स्थानीय तह

दुई सहसचिवलाई कारवाहीका लागि सिफारिस

अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

प्रधानमन्त्री भेटेर निस्कँदै गर्दा किस्पाङ अध्यक्ष तामाङ सिंहदरबारबाट पक्राउ

बाढी गएको १९ दिनपछि प्रधानमन्त्रीले भेटे जनप्रतिनिधिलाई

अख्तियार छिर्‍यो नागार्जुन नगरपालिकामा : करोडौँ तलब–भत्ता बुझ्ने आलेप अधिकृत गिरीमाथि छानबिन

यी हुन् श्रम मन्त्रालयका रैथाने कर्मचारीहरू

बिशेष