आम आदमीसहित ६ राजनीतिक दल खारेज

निर्वाचन आयोगले विभिन्न ६ वटा राजनीतिक दल खारेज गरेको छ । मंगलबार बसेको ‍‍‍ बैठकले ६ दलको दर्ता खारेज गर्ने निर्णय गरेको निर्वाचन आयोगले जनाएको छ ।

बिज्ञापन

आयोगले अशोक कुमार यादव नेतृत्वको आम आदमी पार्टी नेपाल र दोर्जे लामा अध्यक्ष रहेको नेपाल राष्ट्रवादी पार्टी, नेपाल कम्युनिस्ट पार्टी (लोकतान्त्रिक), माओवादी जनमुक्ति पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी, (गौरवशाली), नेपाल समाजवादी पार्टीको दर्ता खारेजी गर्ने निर्णय गरेको हो ।

बिज्ञापन

यसअघि आयोगले यी ६ दलसँगै शिव सेना नेपाललाई तीन दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएको थियो । शिव सेनाले आयोगले मागे बमोजिमको विवरण बुझाए पनि अन्य ६ दलले बुझाएनन् ।

आयोगले लगातार लेखापरीक्षण प्रतिवेदन नबुझाएको र त्यसबापत जरिवाना गर्दा पनि नबुझाएकाले मंगलबार खारेज गरिएको निर्वाचन आयोगले जनाएको छ । “लगातार लेखापरीक्षण नबुझाएबापत आयोगले जरिवाना गरेको थियो । जरिवाना नबुझाएको हुनाले राजनीतिक दलसम्बन्धी ऐन, ०७३ बमोजिम खारेज गरिएको आयोगले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सामान्यको सरुवामा त्रुटी नै त्रुटी : एउटै पालिकामा खटाइए दुइ हाकिम

दुई तह : एउटै आधारभूत तलब- दुई वर्षदेखि अन्याय, व्यवस्थापन मौन

५२ अधिकृतको सरुवा १८ लाई संघीय मन्त्रालय,३२ पुगे स्थानीय तह

१४ सहसचिवको सरुवा : २ गृह भित्रदा ४ लाई सामान्यको अतिरिक्त समूह

आइतबारको बिदा कटौती गर्न सांसदको माग

अवकाशको चार दिन अघि बढुवा भए बेल्बासे, बढुवा सिफारिस भएको भोलिपल्ट घर गए श्रीकृष्ण

सम्पत्तिका डीजीको कञ्चटमा पेस्तोल तेर्साएको बिषयमा काँग्रेसले माग्यो सरकारसँग जबाफ

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाट तलबभत्ता असुल्ने

बिशेष