कार्यकक्षमै कर्मचारीमाथि हातपात,कामकाज ठप्प

कार्यकक्षमै कर्मचारीमाथि हातपात भएसँगै  कर्मचारीमाथि हातपात भएको घटनाको विरोधमा नगरपालिकाका कर्मचारीहरुले सबै सेवा ठप्प पारेका छन् । मधेश प्रदेशस्थित महोत्तरी जिल्लाको भंगहा नगरपालिकाका कर्मचारीलाई कार्यालयमा काम गरिरहेको अवसथमा सोमबार अपरान्ह साढे ४ बजे अधिकृत छैठौतहका कर्मचारी श्री सुर्य नारायण ठाकुरमाथि वडा नं ९ मा स्थायी बसोवास गर्ने मुकेश कुमार यादव कार्यकक्षमा गई अभद्र व्यवहार गर्दै जथाभावी गालीगलौज र हातपात गरेकोमा भंगहा नगरपालिकाका सम्पूर्ण कर्मचारीहरुको ध्यानाकर्षण भएको जनाएका छन् ।

बिज्ञापन

यादवले नगरपालिकामा कार्यरत अधिकृत छैठौं तहका कर्मचारी सूर्य नारायण ठाकुरमाथि कार्यकक्षमै हातपात गरेको भन्दै कर्मचारीहरु आन्दोलित भएका छन् ।कर्मचारीमाथि हातपात गर्ने यादव लोसपाको कार्यकर्ता रहेको जनाइएको छ ।

बिज्ञापन

उनीहरुले राष्ट्रसेवक कर्मचारीहरुको जिउज्यानको असुरक्षा भएको, डरभय त्रासको वातावरण उत्पन्न भई कामकाज गर्ने वातावरण सृजना नभएको हुँदा कर्मचारीहरुको कामकाज गर्न मनोवल कमजोर बनाएकोमा घोर निन्दा र भत्र्सना गर्दै भंगहा नगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीहरुको जिउज्यानको उचित सुरक्षाको प्रत्याभूति गराई सहज रुपमा कार्य गर्ने वातावरण सृजना गर्न र सो निन्दनीय कार्य गर्ने मुकेश कुमार यादव उपर हदै सम्मको कारवाही गर्न भंगहा नगरपालिका तथा प्रहरी प्रशासनसंग जोडदार माग गर्दछौं,कर्मचारीहरुद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
कर्मचारीले,उक्त घटनाको छिनोफानो नहुनजेलसम्म मंगलबारदेखि भंगहा नगरपालिकाबाट प्रवाह हुने अति आवश्यक सेवा बाहेकका सम्पूर्ण सेवा प्रवाह र कामकाज ठप्प गरेको व्यहोरा समेत सम्बन्धित सर्वमा जानकारी गराएका छन् ।

साथै सो कार्यबाट सेवा ग्राहिमा पर्ने असुविधाको लागि क्षमायाचना गर्दै सम्पूर्ण जिम्मेवारी मुकेश कुमार यादबले लिनु पर्ने व्यहोरा समेत कर्मचारीहरुले जनाएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

बिधान विपरित बढुवा भन्दै उपाध्यक्ष ओलीको आपत्ति, ‘लाज पनि लाजाउने निर्णय’

सुदन समूहद्धारा मुख्यसचिवलाई हप्कीदप्की,चर्काचर्की पछि बाहिरिएका थिए कानुन सचिव

राष्ट्र निर्माणमा दलित : समाजले बिर्सनु नहुने पात्रहरूको चर्चा

थारु समुदायमा सिकलसेल खतरा बढ्दै: राप्ती प्रतिष्ठानले पहिलोपटक ५ हजार जनामा परीक्षण शुरू

कसले दियो अख्तियार प्रमुखलाई धम्की ?

“डिजिटल ढोका र बिचौलियाको ताला”

सरकारी तलब खाएर एमाले पार्टीको प्रतिनिधि डाक्टरहरू

दुई उपसचिव सहसचिवमा बढुवा सिफारिस

बिशेष