कार्यकक्षमै कर्मचारीमाथि हातपात,कामकाज ठप्प

कार्यकक्षमै कर्मचारीमाथि हातपात भएसँगै  कर्मचारीमाथि हातपात भएको घटनाको विरोधमा नगरपालिकाका कर्मचारीहरुले सबै सेवा ठप्प पारेका छन् । मधेश प्रदेशस्थित महोत्तरी जिल्लाको भंगहा नगरपालिकाका कर्मचारीलाई कार्यालयमा काम गरिरहेको अवसथमा सोमबार अपरान्ह साढे ४ बजे अधिकृत छैठौतहका कर्मचारी श्री सुर्य नारायण ठाकुरमाथि वडा नं ९ मा स्थायी बसोवास गर्ने मुकेश कुमार यादव कार्यकक्षमा गई अभद्र व्यवहार गर्दै जथाभावी गालीगलौज र हातपात गरेकोमा भंगहा नगरपालिकाका सम्पूर्ण कर्मचारीहरुको ध्यानाकर्षण भएको जनाएका छन् ।

बिज्ञापन

यादवले नगरपालिकामा कार्यरत अधिकृत छैठौं तहका कर्मचारी सूर्य नारायण ठाकुरमाथि कार्यकक्षमै हातपात गरेको भन्दै कर्मचारीहरु आन्दोलित भएका छन् ।कर्मचारीमाथि हातपात गर्ने यादव लोसपाको कार्यकर्ता रहेको जनाइएको छ ।

बिज्ञापन

उनीहरुले राष्ट्रसेवक कर्मचारीहरुको जिउज्यानको असुरक्षा भएको, डरभय त्रासको वातावरण उत्पन्न भई कामकाज गर्ने वातावरण सृजना नभएको हुँदा कर्मचारीहरुको कामकाज गर्न मनोवल कमजोर बनाएकोमा घोर निन्दा र भत्र्सना गर्दै भंगहा नगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीहरुको जिउज्यानको उचित सुरक्षाको प्रत्याभूति गराई सहज रुपमा कार्य गर्ने वातावरण सृजना गर्न र सो निन्दनीय कार्य गर्ने मुकेश कुमार यादव उपर हदै सम्मको कारवाही गर्न भंगहा नगरपालिका तथा प्रहरी प्रशासनसंग जोडदार माग गर्दछौं,कर्मचारीहरुद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
कर्मचारीले,उक्त घटनाको छिनोफानो नहुनजेलसम्म मंगलबारदेखि भंगहा नगरपालिकाबाट प्रवाह हुने अति आवश्यक सेवा बाहेकका सम्पूर्ण सेवा प्रवाह र कामकाज ठप्प गरेको व्यहोरा समेत सम्बन्धित सर्वमा जानकारी गराएका छन् ।

साथै सो कार्यबाट सेवा ग्राहिमा पर्ने असुविधाको लागि क्षमायाचना गर्दै सम्पूर्ण जिम्मेवारी मुकेश कुमार यादबले लिनु पर्ने व्यहोरा समेत कर्मचारीहरुले जनाएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

स्थानीय तहमा मध्यमकालीन खर्च संरचना : कागजी औपचारिकता कि वित्तीय अनुशासन ?

एजाइल व्यवस्थापन : परिवर्तनसँगै अघि बढ्ने आधुनिक व्यवस्थापन पद्धति

कानुनबाट फिर्ता भयो संघीय निजामती सेवा विद्येयक,३०- ५५ को प्रावधान यथावत

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

बिशेष