खरिदार, नासु र अधिकृतहरुको गुपचुप सरुवा

भूमि व्यवस्थापन तथा अभिलेख विभागले एकै पटक ठूलो संख्यामा खरिदार, नायब सुब्बा र अधिकृतहरुको गुपचुप सरुवा गरेको छ । विभागले १७ साउनको मितिमा एकै पटक ७० भन्दा बढी खरिदार, नासु र अधिकृतहरुको सरुवा गरेको जनाइएको छ ।

बिज्ञापन

सरुवा गरिएकामध्ये अधिकांश काठमाडौं,ललितपुर,भक्तपुरका कार्यालयका रहेका छन् । एउटा कमाऊ कार्यालयबाट अर्काे कमाऊ कार्यालयमा कर्मचारीहरुको सरुवा गरिएको बताइएको छ । ऐन अनुसार असोजमा खरिदार र नासुहरुको सरुवा गर्ने व्यवस्था भए पनि दुई महिना अगाडि नै ठूलो संख्यामा खरिदार र नासु तहका कर्मचारीहरु चलाइएको हो ।

बिज्ञापन

साउन १५ सम्म निवेदन लिने, भदौं १५ अन्तरमन्त्रालय र विभागले भदौं पछि सरुवा गर्ने गरिदैं आएको भए पनि  साउनको दोश्रो सातामै ठूलो संख्यामा खरिदार र नासु तहका कर्मचारीहरुको सरुवा गरिएको हो ।

यद्यपि भूमि व्यवस्था विभागले १५ जना कर्मचारीको पदस्थापन गरिएको र केही कर्मचारीको काज सरुवा गरेको जनाएको छ । यो बिषयमा विभागका महानिर्देशक कृष्णप्रसाद सापकोटासँग जिज्ञासा राख्दा विदेशीसँग मिटिङमा रहेको छु भन्दै प्रतिक्रिया दिनबाट पन्छिए ।
विभागले गरेको यो सरुवाको बिषयमा मन्त्रालयका सचिव,मन्त्रीसम्म बेखबर रहेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

गृहमन्त्रीको अम्लेटमा माछाको काँडा,सहायक सिडियोको खानामा सङ्खे कीरा

स्थानीय सरकार: खर्चमा अघि, आयमा पछि

गृहको रिर्पोट कार्ड : कासमूमा मनाङ अब्बल,सबैभन्दा कमजोर धनुषा र काठमाडौं

१० सचिवको दरबन्दी कटौती,बाहिरबाट ५७ जनालाई सचिव सरहकै नियुक्ति

सुमनराज अर्याल पछि को बन्लान नयाँ मुख्यसचिव ?

६० निजामती कर्मचारीलाई छात्रवृत्तिमा कोरिया अध्ययनको अवसर

प्रमुख प्रशासकीय अधिकृत खोज्दै स्थानीय तह,खटाउन सक्दैन मन्त्रालय

३१८ स्थानीय तह बजेट ल्याउन असफल,मधेशका ७५,गण्डकीका २१

बिशेष