चार सहसचिवको सरुवा

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले चार सचिवको जिम्मेवारी हेरफेर गरेको छ । मन्त्री दीपक खड्काले चार सहसचिवको आन्तरिक सरुवा गरेका हुन ।

बिज्ञापन

जस अनुसार ६ महिना नबित्दै उर्जा विभागका महानिर्देशक परिवर्तन गरिएको छ। यस अघि गत माघमा मात्र महानिर्देशकको जिम्मेवारी सम्हाल्न पुगेका जीवछ मण्डललाई सरुवा गरेर उर्जा मन्त्री दीपक खड्काले त्यहाँ नविनराज सिंहलाई खटाएका हुन ।सिंहले यस अघि नै दुई पटकसम्म विभागको महानिर्देशकको नेतृत्व गरिसकेका छन् । तेश्रो कार्यकालका लागि उनलाई विभागको महानिर्देशकको जिम्मेवारी दिएर पठाइएको हो ।

बिज्ञापन

उनी ०७३ असोज १७ देखि २०७५ पुस १६ गतेसम्म झण्डै दुई बर्ष विभागमा पहिलो पटक महानिर्देशक चलाइसकेका हुन । त्यसपछि जल तथा ऊर्जा आयोगमा सरुवा भएका उनी करिब २ वर्ष कोशी प्रदेशका सचिवको भूमिकामा रहेका थिए । पछिल्लो समय उनलाई मन्त्रालयको अति महत्त्वपूर्ण मानिने नीति महाशाखाको जिम्मेवारी तोकिएको थियो ।ऊर्जा महाशाखामा रहेका नवीनराज सिंहलाई ऊर्जा विकास विभागमा पठाइएको छ ।

त्यस्तै महाशाखामा ऊर्जा आयोगका चिरञ्जीवी चटौतलाई ल्याइएको छ भने जीवछ मण्डललाई चटौतको ठाउँमा पठाइएको छ । यस्तै सहसचिव मधुप्रसाद भेटुवाललाई बूढीगण्डकी जलविद्युत् आयोजनाको प्रमुख कार्यकारी अधिकृतमा सरुवा गरिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

गृहमा सहसचिवको जिम्मेवारी हेरफेर, काफ्ले प्रवक्ता नियुक्त

भन्सार अधिकृत लेखनाथ पोखरेलको ‘सेटिङ’को रहस्य:-१८८ थान मालसमानलाई १ थान देखाएर भन्सार पास

कुलिङ पिरियड नराख्ने अडान यथावत्: मुख्यसचिव अर्याल

मध्यराती रास्वपा र एमालेका सांसदबीच झण्डै हात हालाहाल

अख्तियारको राडरमा अर्काे अधिकृत,जिम्मेवारी खोसेर विभागमा फिर्ता

छानबिन समितिको प्रतिवेदन : सभापति खतिवडा र सचिव दुरा मुख्य दोषी

छानबिन समितिमा जुट्यो सहमति,बिहान ४ बजे प्रतिवेदन पास

सार्वजनिक वित्त व्यवस्थापनको प्रभावकारितामा सार्वजनिक खरिदको भूमिका

बिशेष