चार सहसचिवको सरुवा

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले चार सचिवको जिम्मेवारी हेरफेर गरेको छ । मन्त्री दीपक खड्काले चार सहसचिवको आन्तरिक सरुवा गरेका हुन ।

बिज्ञापन

जस अनुसार ६ महिना नबित्दै उर्जा विभागका महानिर्देशक परिवर्तन गरिएको छ। यस अघि गत माघमा मात्र महानिर्देशकको जिम्मेवारी सम्हाल्न पुगेका जीवछ मण्डललाई सरुवा गरेर उर्जा मन्त्री दीपक खड्काले त्यहाँ नविनराज सिंहलाई खटाएका हुन ।सिंहले यस अघि नै दुई पटकसम्म विभागको महानिर्देशकको नेतृत्व गरिसकेका छन् । तेश्रो कार्यकालका लागि उनलाई विभागको महानिर्देशकको जिम्मेवारी दिएर पठाइएको हो ।

बिज्ञापन

उनी ०७३ असोज १७ देखि २०७५ पुस १६ गतेसम्म झण्डै दुई बर्ष विभागमा पहिलो पटक महानिर्देशक चलाइसकेका हुन । त्यसपछि जल तथा ऊर्जा आयोगमा सरुवा भएका उनी करिब २ वर्ष कोशी प्रदेशका सचिवको भूमिकामा रहेका थिए । पछिल्लो समय उनलाई मन्त्रालयको अति महत्त्वपूर्ण मानिने नीति महाशाखाको जिम्मेवारी तोकिएको थियो ।ऊर्जा महाशाखामा रहेका नवीनराज सिंहलाई ऊर्जा विकास विभागमा पठाइएको छ ।

त्यस्तै महाशाखामा ऊर्जा आयोगका चिरञ्जीवी चटौतलाई ल्याइएको छ भने जीवछ मण्डललाई चटौतको ठाउँमा पठाइएको छ । यस्तै सहसचिव मधुप्रसाद भेटुवाललाई बूढीगण्डकी जलविद्युत् आयोजनाको प्रमुख कार्यकारी अधिकृतमा सरुवा गरिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

संघीय निजामती विधेयकमा नयाँ ट्विस्ट : ‘३०–५५’ सँगै ‘३०–५१’, ३० वर्षभन्दा बढी सेवाको पेन्सन पनि सीमित गर्ने तयारी

३०- ५५ को प्रावधानमा अर्थ मन्त्रालयको सहमति

गृहको नयाँ ओएनएम : ९५ दरबन्दी थपेर ४ हजार ६ सय ११ कायम

अब २५ जिल्लामा उपसचिव,५२ जिल्लामा सहसचिव सिडियो

संखुवासभा र बैतडीमा नयाँ सिडियो

अख्तियारको राडारमा तीन पूर्व प्रधानमन्त्रीका स्वकीय

मुख्य सचिवसहित पाँच सचिव सञ्चालक रहेको अस्पतालको यो हबिगत

निमित्त महानिर्देशकले लत्याए बालेन सरकारले निर्देशन

बिशेष