८ पूर्व मन्त्रीले ल्याउन नसकेको संघीय निजामती सेवा ऐन बहालवाला मन्त्रीले फाष्ट्र ट्रयाकबाटै ल्याउने

नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले फाष्ट्र ट्रयाकबाटै संघीय निजामती सेवा ऐन ल्याउने दावी गरेका छन् ।

बिज्ञापन

यस अघिका ८ मन्त्रीहरुले झैं उनले पनि आफ्नै कार्यकालमा संघीय निजामती सेवा ऐन ल्याइने दावी गरेका छन् । संघीयता आए यताको नौ बर्षमा ८ जना संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री परिवर्तन भए । कुनै समय लालबाबु पण्डितलाई यो मन्त्रालयको कमाण्डर बनाएर खटाइयो । कुनै समय माधव नेपाल गुटमा पण्डित छोटो अवधिमै मन्त्री पदबाट हटाइयो र खटाइयो हृदयेश त्रिपाठीलाई । जो कुनै पार्टीमा थिएनन् तर सूर्य चिन्हमा चुनाव लडेर जितेका थिए । स्वतन्त्र सांसद हृदयेश त्रिपाठीको बर्हिगमन पछि मन्त्रीका रुपमा भित्रिए दार्चुलाका सांसद गणेश ठगुन्ना,उनी पछि सिन्धुपाल्चोकका सांसद गणेश पहाडी हुँदै राजेन्द्रप्रसाद श्रेष्ठदेखि ६ महिना २७ दिन मन्त्रालय चलाएका अमनलाल मोदी अनि जनमत पार्टीकी अनिता साहदेखि नेकपा एकीकृत समाजावादीका भानुभक्त जोशीसम्म ।

बिज्ञापन

यी हरेक मन्त्रीले आफ्नै समयमा संघीय निजामती सेवा ऐन ल्याउने दावी गर्न छाडेनन् । उही ढंगले नवनियुक्त मन्त्री राजकुमार गुप्ताले समेत फाष्ट्र ट्रयाकबाटै संघीय निजामती सेवा ऐन ल्याउने दावी गरेका छन् ।

मन्त्री गुप्ताले ८ वर्षदेखि अलपत्र हुँदै आएको संघीय निजामती कर्मचारी ऐन फास्ट ट्रयाकबाट पारित गर्ने बताएका हुन् । जबकी दुई महिनाभन्दा बढी भयो संघीय निजामती सेवा विद्येयक संसदबाट राज्यव्यवस्था तथा सुशासन समितिमै अलपत्र परेको । पहिलो बैठक नै एनजीओको खाजा लफडामा परेसँगै सभापति रामहरि खतिवडाले अर्काे बैठक डाक्न सकेका छैनन् । विद्येयक उपर १६ सय संशोधन प्रस्ताव परेका भए पनि समितिको बैठक बस्न नसक्दा त्यसै अलपत्र परेको स्थिति छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष