८ पूर्व मन्त्रीले ल्याउन नसकेको संघीय निजामती सेवा ऐन बहालवाला मन्त्रीले फाष्ट्र ट्रयाकबाटै ल्याउने

नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले फाष्ट्र ट्रयाकबाटै संघीय निजामती सेवा ऐन ल्याउने दावी गरेका छन् ।

बिज्ञापन

यस अघिका ८ मन्त्रीहरुले झैं उनले पनि आफ्नै कार्यकालमा संघीय निजामती सेवा ऐन ल्याइने दावी गरेका छन् । संघीयता आए यताको नौ बर्षमा ८ जना संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री परिवर्तन भए । कुनै समय लालबाबु पण्डितलाई यो मन्त्रालयको कमाण्डर बनाएर खटाइयो । कुनै समय माधव नेपाल गुटमा पण्डित छोटो अवधिमै मन्त्री पदबाट हटाइयो र खटाइयो हृदयेश त्रिपाठीलाई । जो कुनै पार्टीमा थिएनन् तर सूर्य चिन्हमा चुनाव लडेर जितेका थिए । स्वतन्त्र सांसद हृदयेश त्रिपाठीको बर्हिगमन पछि मन्त्रीका रुपमा भित्रिए दार्चुलाका सांसद गणेश ठगुन्ना,उनी पछि सिन्धुपाल्चोकका सांसद गणेश पहाडी हुँदै राजेन्द्रप्रसाद श्रेष्ठदेखि ६ महिना २७ दिन मन्त्रालय चलाएका अमनलाल मोदी अनि जनमत पार्टीकी अनिता साहदेखि नेकपा एकीकृत समाजावादीका भानुभक्त जोशीसम्म ।

बिज्ञापन

यी हरेक मन्त्रीले आफ्नै समयमा संघीय निजामती सेवा ऐन ल्याउने दावी गर्न छाडेनन् । उही ढंगले नवनियुक्त मन्त्री राजकुमार गुप्ताले समेत फाष्ट्र ट्रयाकबाटै संघीय निजामती सेवा ऐन ल्याउने दावी गरेका छन् ।

मन्त्री गुप्ताले ८ वर्षदेखि अलपत्र हुँदै आएको संघीय निजामती कर्मचारी ऐन फास्ट ट्रयाकबाट पारित गर्ने बताएका हुन् । जबकी दुई महिनाभन्दा बढी भयो संघीय निजामती सेवा विद्येयक संसदबाट राज्यव्यवस्था तथा सुशासन समितिमै अलपत्र परेको । पहिलो बैठक नै एनजीओको खाजा लफडामा परेसँगै सभापति रामहरि खतिवडाले अर्काे बैठक डाक्न सकेका छैनन् । विद्येयक उपर १६ सय संशोधन प्रस्ताव परेका भए पनि समितिको बैठक बस्न नसक्दा त्यसै अलपत्र परेको स्थिति छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुमनराज अर्याल पछि को बन्लान नयाँ मुख्यसचिव ?

६० निजामती कर्मचारीलाई छात्रवृत्तिमा कोरिया अध्ययनको अवसर

प्रमुख प्रशासकीय अधिकृत खोज्दै स्थानीय तह,खटाउन सक्दैन मन्त्रालय

३१८ स्थानीय तह बजेट ल्याउन असफल,मधेशका ७५,गण्डकीका २१

सम्पत्ति शुद्धीकरणको राडारमा सुमार्गी,राहदानी रोक्का

विष्णु पौडेलको रिटमा कारण देखाउ आदेश

मनसुन विपद् सामना गर्न सशस्त्र प्रहरीको उच्च सतर्कता, ८ हजारभन्दा बढी जनशक्ति स्टेण्डबाइ

तीन सहसचिवसहित ५० कर्मचारीको एक हप्तामा राजीनामा, प्रशासनमा बढ्यो अन्योल

बिशेष