अवकाशको चार महिना अगावै सचिवले किन दिए राजीनामा ?

अनिवार्य अवकाशमा जानु चार महिना अगाडि नै सचिव तोयानाथ अधिकारीले राजीनामा दिएका छन् । निजामती किताबखानाका अनुसार अधिकारी आगामी २८ मंसिरमा ५८ वर्षीय उमेर हद लागेर अनिवार्य अवकाश पाउदै थिए तर अवकाश हुनु चार महिना अगावै उनले राजीनामा दिएका हुन् ।

बिज्ञापन

नेपाल कानुन आयोगको सचिवको रुपमा कार्यरत अधिकारीले दिएको राजीनामा आइतबारदेखि लागू हुने गरी अस्तिको मन्त्रिपरिषद्को बैठकले स्वीकृति गरेको छ ।

बिज्ञापन

२०७७ चैत ५ गते सचिवमा बढुवा भएका अधिकारीले झन्डै ३ वर्ष ४ महिना सचिव भएर काम गर्ने अवसर पाए । उनले सत्य निरुपण तथा मेलमिलाप आयोग र नेपाल कानुन आयोगमा सचिवको भूमिकामा काम गरे । यता लीलादेवी गड्तौला कामु सचिवका उक्लिएसँगै हाल कानुन आयोगका सहसचिव रहेका पाराश्वर ढुंगाना सचिव बन्ने लाइनमाछन् ।

अधिकारीले निकटवर्तीहरुसँग जागिर खाँदाखाँदा दिक्क लागेको बताउने गरेका थिए ।

बिज्ञापन

नेपाल कानुन समूहका ४ जना सचिव रहेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उक्त समूहकी गड्तौला,कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालयमा फणीन्द्र गौतम र सत्य निरुपण तथा मेलमिलाप आयोगमा उदयराज सापकोटा सचिव रहेका छन् । नेपाल कानुन आयोगमा भने कानुन समूहका तोयानाथ अधिकारी सचिव थिए । अधिकारीले राजीनामा दिएपछि नेपाल कानुन आयोगमा सचिव खाली भएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

१० सचिवको दरबन्दी कटौती,बाहिरबाट ५७ जनालाई सचिव सरहकै नियुक्ति

सुमनराज अर्याल पछि को बन्लान नयाँ मुख्यसचिव ?

६० निजामती कर्मचारीलाई छात्रवृत्तिमा कोरिया अध्ययनको अवसर

प्रमुख प्रशासकीय अधिकृत खोज्दै स्थानीय तह,खटाउन सक्दैन मन्त्रालय

३१८ स्थानीय तह बजेट ल्याउन असफल,मधेशका ७५,गण्डकीका २१

सम्पत्ति शुद्धीकरणको राडारमा सुमार्गी,राहदानी रोक्का

विष्णु पौडेलको रिटमा कारण देखाउ आदेश

मनसुन विपद् सामना गर्न सशस्त्र प्रहरीको उच्च सतर्कता, ८ हजारभन्दा बढी जनशक्ति स्टेण्डबाइ

बिशेष