प्रकाशमानलाई उपप्रधानसहित सामान्य प्रशासनको जिम्मेवारी,अरु को- को बन्दैछन् मन्त्री ?

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिदै छन् । २०७९ साल पुस ११ गते एमालेसहित एक सय ६९ सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले १८ महिना पछि पाँचौ पटक विश्वासको मत लिन लागेका हुन । प्रचण्डका पक्षमा माओवादी केन्द्र सहित राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादी मात्र देखिएका छन् । यी तीन दलको मात्र ६३ सांसद रहेका छन् ।

बिज्ञापन

प्रचण्डले विश्वासको मत लिएसँगै नयाँ सरकार गठनको ढोका खुल्ने छ ।

बिज्ञापन

यता नयाँ सरकार गठन प्रक्रिया अगाडि बढेसँगै पहिलो लटमा १५ सदस्यीय मन्त्रीमण्डल बन्ने भएको छ । जसमा कांग्रेस–एमालेका बरिष्ठ नेताहरुलाई उपप्रधानमन्त्रीसहित सरकारमा सामेल गराइँदैछ । कांग्रेसबाट प्रकाशमान सिंह र एमालेबाट विष्णु पौडेल उपप्रधानमन्त्री बनाउने हालसम्मको सहमति छ। दुवै यसअघि उपप्रधानमन्त्री भइसकेका नेता हुन्। पार्टीको १४ औँ महाधिवेशनमा सिंहको समर्थनको बलमा देउवा दोस्रो चरणमा सहजै सभापतिमा दोहोरिएका थिए । प्रकाशमान सिंहको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी हुँदैछ । प्रकाशमान उपप्रधानससिहत सामान्य प्रशासनमन्त्री बन्ने करिब टुंगो लागेको छ । यस अघि प्रकाशनमानले शुशील कोइराला मन्त्रिमण्डलमा उप प्रधानमन्त्री, स्थानीय विकास तथा सङ्घीय मामिला मन्त्री चलाइसकेका हुन । उनलाई रक्षा वा सामान्य प्रशासनमध्ये एक मन्त्रालयको जिम्मेवारी दिइने चर्चा छ । कांग्रेसबाट सिंहका साथै रमेश लेखक र डा आरजु राणा देउवा मन्त्री बन्ने पक्कापक्की भएको काँग्रेसी नेताहरुले बताएका छन् ।रमेश लेखकले गृह मन्त्रालय पाउँदैछन् ।

यस्तै काँग्रेसबाट मन्त्री बन्नेमा चन्द्र भण्डारी,हृदयराम थानी,अजय चौरासिया,दीपक खड्काको नाम चर्चामा छ । काँग्रेसले रक्षा,उर्जा,स्वास्थ्य,उद्योग,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पाउने काँग्रेस र एमाले शीर्ष नेताबीच टुंगो लागेको छ ।

बिज्ञापन

यस्तै एमालेबाट उपप्रधानसहित अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्दैछन् विष्णु पौडेलले । भावी मन्त्रीका रुपमा योगेश भट्टराईदेखि हरि उप्रेती,पदम गिरी,बलराम अधिकारीहरु दोहोरिने चर्चा छ । गिरीलाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिइने तयारी चल्दैछ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

स्याउ बोकेको ट्रकमा तस्करीको सुन भेटियो

सशस्त्रका डीएसपी राउत तानिए

रसुवामा ठूलो परिमाणमा सुन बरामद

सरकारी कर्मचारीलाई यसरी पनि सताउँछन्,सेवाग्राही

हिजो सुँक्कसुँक्क ,आज जिम्मेवारी

तत्कालीन अर्थमन्त्री,मेयर,प्रमुख प्रशासकीय अधिकृतसहित आठ विरुद्ध भ्रष्टाचार मुद्धा

प्रतिनिधि सभा बैंठक LIVE

भिजिट भिसा काण्डमा डरलाग्दो सेटिङ्ग

बिशेष