प्रकाशमानलाई उपप्रधानसहित सामान्य प्रशासनको जिम्मेवारी,अरु को- को बन्दैछन् मन्त्री ?

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिदै छन् । २०७९ साल पुस ११ गते एमालेसहित एक सय ६९ सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले १८ महिना पछि पाँचौ पटक विश्वासको मत लिन लागेका हुन । प्रचण्डका पक्षमा माओवादी केन्द्र सहित राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादी मात्र देखिएका छन् । यी तीन दलको मात्र ६३ सांसद रहेका छन् ।

बिज्ञापन

प्रचण्डले विश्वासको मत लिएसँगै नयाँ सरकार गठनको ढोका खुल्ने छ ।

बिज्ञापन

यता नयाँ सरकार गठन प्रक्रिया अगाडि बढेसँगै पहिलो लटमा १५ सदस्यीय मन्त्रीमण्डल बन्ने भएको छ । जसमा कांग्रेस–एमालेका बरिष्ठ नेताहरुलाई उपप्रधानमन्त्रीसहित सरकारमा सामेल गराइँदैछ । कांग्रेसबाट प्रकाशमान सिंह र एमालेबाट विष्णु पौडेल उपप्रधानमन्त्री बनाउने हालसम्मको सहमति छ। दुवै यसअघि उपप्रधानमन्त्री भइसकेका नेता हुन्। पार्टीको १४ औँ महाधिवेशनमा सिंहको समर्थनको बलमा देउवा दोस्रो चरणमा सहजै सभापतिमा दोहोरिएका थिए । प्रकाशमान सिंहको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी हुँदैछ । प्रकाशमान उपप्रधानससिहत सामान्य प्रशासनमन्त्री बन्ने करिब टुंगो लागेको छ । यस अघि प्रकाशनमानले शुशील कोइराला मन्त्रिमण्डलमा उप प्रधानमन्त्री, स्थानीय विकास तथा सङ्घीय मामिला मन्त्री चलाइसकेका हुन । उनलाई रक्षा वा सामान्य प्रशासनमध्ये एक मन्त्रालयको जिम्मेवारी दिइने चर्चा छ । कांग्रेसबाट सिंहका साथै रमेश लेखक र डा आरजु राणा देउवा मन्त्री बन्ने पक्कापक्की भएको काँग्रेसी नेताहरुले बताएका छन् ।रमेश लेखकले गृह मन्त्रालय पाउँदैछन् ।

यस्तै काँग्रेसबाट मन्त्री बन्नेमा चन्द्र भण्डारी,हृदयराम थानी,अजय चौरासिया,दीपक खड्काको नाम चर्चामा छ । काँग्रेसले रक्षा,उर्जा,स्वास्थ्य,उद्योग,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पाउने काँग्रेस र एमाले शीर्ष नेताबीच टुंगो लागेको छ ।

बिज्ञापन

यस्तै एमालेबाट उपप्रधानसहित अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्दैछन् विष्णु पौडेलले । भावी मन्त्रीका रुपमा योगेश भट्टराईदेखि हरि उप्रेती,पदम गिरी,बलराम अधिकारीहरु दोहोरिने चर्चा छ । गिरीलाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिइने तयारी चल्दैछ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पदका लागि राजनीतिक रंग फेर्दै ‘पुराना खेलाडी’, रास्वपा निकट बनेर पुनः अवसर खोज्दै विवादित पात्रहरू

उस्तै बदमासी : एउटा भन्सारका १३ कर्मचारी निलम्बित,अर्काे नाकाका कर्मचारीलाई ‘क्लिन चिट’

अधिकृतसँग १ करोड ८ लाख अकुत आर्जन,एक बर्ष कैद सजाय

७२ हजार घुससहित रंगेहात समातिए प्रमुख प्रशासकीय अधिकृत

मन्त्रिपरिषद् बैठकका ८६,सचिव बैठकका ६ निर्णय सार्वजनिक

दुई महिनादेखि अर्थका पाँच सहसचिवको दरबन्दी रिक्त,महत्वपूर्ण विभाग समेत निमित्तकै भरमा

नेपालमा कर्मचारीतन्त्रको नैराश्यता किन बढ्दै छ?

सचिवभन्दा माथि स्वकीय,कर्मचारीको असन्तृष्टि यसरी पोखियो

बिशेष