सेवन्तकझैं बलशाली अरु दुई सहसचिव :-जस्का कारण रोकियो ४० सहसचिवको सरुवा

जसरी अर्थ र भन्सारमा बसेर राज गरिरहेका सहसचिव सेवन्तक पोखरेलले शक्ति प्रयोग गरेर मधेश प्रदेशको अर्थ मन्त्रालयमा भएको सरुवा उल्टाए ठीक उसैगरी दुई जुनियर सहसचिवलाई संघकै कार्यालय त्यसमा पनि अर्थ मन्त्रालय नै चाहिँदा लफडा निस्किएको छ । ‘नाइ मलाई त्यही केटी चाहिन्छ’ भनेझै दुई सहसचिवलाई प्रदेशमा नपठाई संघकै कार्यालयमा राख्न र अर्थमै टिकाइराख्न अर्थमन्त्री डा प्रकाशशरण महत सहयोगी हुँदा २७ सहसचिव महिना दिनदेखि काम न काजको स्थितिमा पुगेका छन् । महिना दिन भन्दा बढी समय व्यतित भइसक्यो उनीहरु उपसचिवबाट सहसचिवमा उक्लिएको । तर यी दुई सहसचिवलाई प्रदेशमा नपठाई संघकै राख्न खोज्दा २८ सहसचिव बरण्डामा बस्न विवश भएका छन् ।

बिज्ञापन

हालै उपसचिवबाट सहसचिवमा उक्लिएका दुई सहसचिवले सरकारलाई नै हत्तु खेलाइरहेका छन् । महिना दिनभन्दा बढी भयो २९ उपसचिवको सहसचिवमा उक्लिएको । तर दुई जना सहसचिवलाई अर्थमन्त्री प्रकाशशरण महतले प्रदेशमा खटाउन नमानी संघमै राख्न खोज्दा ४० बढी सहसचिवको सरुवा अल्झिरहेको बताइएको छ । जसरी सहसचिव सेवन्तक पोखरेलले अर्थ र सामान्य प्रशासन मन्त्रीलाई नै चक्मा खुवाइदिएका छन् । ठीक उही ढंगले प्रदेश नगई संघ र अर्थ मन्त्रालय नै चाहिएको छ मिमांश अधिकारी र गोपाल कोइराला । यी दुई सहसचिवलाई मन्त्रीले च्याप्दा अन्य सहसचिवहरु महिनौंदेखि अतिरिक्तमा थन्किन विवश भएका छन् ।

बिज्ञापन

उसो त यसरी चलखेल गर्ने प्रशासक उनीहरुमात्र होइनन् गत महिना सामान्य प्रशासनले २९ सहसचिवको सरुवाको सूची क्याविनेटमा पठाएको थियो तर निर्णय प्रमाणीकरण भएर आउँदा २८ सहसचिवको नाममात्र सार्वजनिक भयो । सूचीबाट सेबन्तक पोखरेलको नाम गायब बनाइयो । शक्तिकेन्द्र प्रयोग गरेर पोखरेल आफ्नो नाम हटाउन सफल भए । भन्सार विभागको उपमहानिर्देशकको रुपमा कार्यरत पोखरेललाई मधेशको अर्थ मन्त्रालयमा सरुवा गरिएको थियो तर राजनीतिक शक्ति प्रयोग गरेर उनी अर्थमै थमौती भए । अर्थमन्त्री प्रकाश शरण महतले उनलाई विमानस्थल भन्सार कार्यालयको प्रमुखको रुपमा सरुवा गरेको पनि तीन साता बित्न लाग्यो तर उनी विदा लिएर बसेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।