३ करोड ५७ लाख भ्रष्टाचार मुद्धा लागेका सहसचिवलाई विशेषबाट सफाइ

भ्रष्टाचार मुद्धामा पूर्व महानिर्देशकले विशेष अदालतबाट सफाइ पाएका छन् ।साढे तीन करोड अकुत आर्जनका मुद्धा खेपेका सहसचिव (महानिर्देशक)लाई विशेष अदालतलृ बर्ष दिनपछि सफाइ पाएका छन् ।

बिज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत बर्ष असार चार गते जलस्रोत तथा सिंचाई बिभागका तत्कालीन महानिर्देशक (अवकाश प्राप्त) मधुकर प्रसाद राजभण्डारीलाई अकुत सम्पत्ति आर्जन गरेको भन्दै ३ करोड ५७ लाख भ्रष्टाचार मुद्धा चलाएको थियो ।

बिज्ञापन

सार्वजनिक सेवामा प्रवेश गरेको मिति २०५१ सालदेखि २०७९ भदौं महिनासम्मको ३ करोड ८५ लाख ५१ हजार ७ सय ४० देखिन आउने भए पनि यो अवधिमा उनीसँग ७ करोड ४२ लाख २९ हजार ८६ रुपैयाँ पैसठ्ठी पैसा देखिएको र उनको वैधानिक आयलाई कुल व्ययसँग तुलना गर्दा आयभन्दा तीन करोड छपन्न लाख सतहत्तर हजार तीन सय छयालीस रुपैया सत्र पैसाको स्रोत पुष्टि हुन नसकेकोले भ्रष्टाचार निवारण ऐन¸ २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसूरमा तीन करोड छपन्न लाख सतहत्तर हजार तीन सय छयालीस रुपैया सत्र पैसा विगो कायम गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ मा उल्लेख भएवमोजिम सोही ऐनको दफा ३ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम कैद तथा जरिवानाको सजायको माग दावी गर्दै अख्तियारले उनी र उनको पत्नी दिपा श्रेष्ठलाई प्रतिवादी कायम गरी स्रोत नखुलेको सम्पत्तिबाट बढे बढाई उनको नाममा हाल कायम सम्पत्तिमध्येबाट बिगो जफत गर्ने भन्दै अख्तियारले आरोपपत्र दायर गरेको थियो ।
सो मुद्धामा विशेष अदालतका न्यायधीशत्रय अध्यक्ष टेकनारायण कुँवर,सदस्यहरु तेजनारायण सिंह र रितेन्द्र थापाको इजलाशले पूर्व महानिर्देशक श्रेष्ठ र उनको श्रीमतीलाई भ्रष्टाचार मुद्धामा सफाइ दिएको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष