शाखा अधिकृतसहित १४ विरुद्ध भ्रष्टाचार मुद्धा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पालिकाका तत्कालीन अध्यक्ष,उपाध्यक्ष,प्रमुख प्रशासकीय अधिकृतसहित १४ विरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । अख्तियारले हुम्लाको सर्केगाड गाउँपालिकाका तत्कालीन अध्यक्ष कृष्ण रोकायाले आफ्नै नीजि फार्म कोइलिङ कृषि तथा पशुपालन फर्ममा बजेट विनियोजन गरेको पाइएको अख्तियारले आरोपपत्रमा उल्लेख छ ।

बिज्ञापन

उक्त फर्ममा ढुङ्गाको पर्खालबाट घेराबार गर्न उनले सहोदर दाजु हंश रोकायाको अध्यक्षतामा निर्माण समिति गठन गरेको, तत्कालीन अध्यक्षले आफ्नै श्रीमती सेतु रोकायालाई कोषाध्यक्ष र सचिवमा तुलराज रोकाया रहेको उपभोक्ता समिति गठन गराई योजना सञ्चालन गरेको पाइएको भन्दै अख्तियार विशेष अदालतमा पुगेको हो ।

बिज्ञापन

सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियारले गाउँपालिकाका तत्कालीन अध्यक्ष रोकाया, उपाध्यक्ष धामी, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर शाही, इन्जिनियर रामराज शाही, सब ओभरसियर पदमबहादुर धामी, लेखापाल पूर्णप्रसाद आचार्यका अलवा योजना निर्माण उपभोक्ता समितिका अध्यक्ष हंश रोकाया, सचिव तुलराज रोकाया र कोषाध्यक्ष सेतु रोकायालाई प्रतिवादी बनाएर आइतबार विशेष अदालतमा मुद्धा चलाएको हो । उनीहरूविरुद्ध जनही १९ लाख ५० हजार रुपैयाँ बिगो कायम गरिएको छ ।​​​​

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषद् बैठक आह्वान

दोहोरो सुविधा नियन्त्रणमा सरकार कडा: पूर्वविशिष्टका सवारी विवरण आजै बुझाउन निर्देशन

हरित वित्त: विकास र प्रकृतिबीचको सन्तुलन

एनटीएनसीमा अटेर कर्मचारीको हालीमुहाली, कोही सरुवा नटेर्ने त कोही गाडी दुरुपयोगमै मस्त

कर्मचारीहरूको गाडी थुत्ने: मन्त्रीका स्वकीय गाडीमा राज गर्ने

सचिव सिग्देल र मन्त्रीको सल्लाहकारको गठबन्धन: नियुक्तिमा चलखेल गर्दै

आन्तरिक राजस्व विभागको महानिर्देशकको जिम्मेवारी रमेश अर्याललाई

बागमतीमा वैशाख २४ मा सार्वजनिक बिदा

बिशेष