राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री डा. मुकुल ढकालले पार्टीको जनमत नै नभएको भन्दै यस्तै हिसाबले अगाडि बढे विवेकशील साझा पार्टीजस्तो हालत हुने विश्लेषण गरेका छन् ।
बिज्ञापन
इलाम उपनिर्वाचनपछि करिब साढे २ हजार मान्छेसँग दोहोरो कुराकानी गर्नका लागि आफूले लगभग ८० किलोमिटर पैदल यात्रासहित ४ हजार २१६ किलोमिटर सडक यात्राको दूरी नापेर फर्किएका र सभापति रवि लामिछानेलाई बुझाउन तयार पारिएको प्रतिवेदनमा ढकालले पार्टी अहिलेकै आधारमा निर्वाचनमा गए एकदुई सिट जित्न पनि हम्मेहम्मे पर्ने गम्भीर चिन्ता औंल्याएका हुन् । ढकालले ‘वैकल्पिक राजनीतिक शक्तिको रुपमा उम्रिएको रास्वपा र रवि लामिछानेको लोकप्रियता खस्किँदै गएको ‘विश्लेषण प्रतिवेदन’ तयार पारेका छन् । पार्टी गठन र राजनीतिक अभियानको यो दुई वर्षमै रास्वपा ‘विवेकशील’ पार्टीको नियतिमा पुग्नै लागेको उनको निश्कर्ष छ।
बिज्ञापन
१० पृष्ठको ‘विश्लेषण प्रतिवेदन’मा उनले अर्को निर्वाचन नआउँदै ‘रास्वपा बिघटन’को संघारमा पुग्नसक्ने चेतावनी दिएका छन् ।ढकालले परम्परागत राजनीतिक दलको बाटोमै हिँड्दा रास्वपाको हविगत पनि ‘विवेकशील भाग—२’ बन्नसक्ने अनुमान गरेका छन् । सत्ता र शक्तिको आशक्तिले रास्वपा कमजोर बन्दै गएको, पार्टीप्रति माया र चिन्ता भएरै आफूले गम्भीररूपमा समस्याको कुरा उठाएको उनले बताएका छन् ।
महामन्त्री ढकाल जेठ ६ गतेदेखि देशभ्रमणमा निस्किएका थिए । असार ६ गतेसम्म उनले ३९ जिल्लाका नेता तथा कार्यकर्तासँग भेटघाट र कुराकानी गरेका छन् । करिब साढे २ हजार मान्छेसँग दोहोरो कुराकानी गर्नका लागि आफूले लगभग ८० किलोमिटर पैदल यात्रासहित ४ हजार २१६ किलोमिटर सडक यात्राको दूरी नापेर उनले तयार पारेको १० पृष्ट लामो प्रतिवेदन आजै साँझ गृहमन्त्री तथा पार्टी सभापति रवि लामिछानेलाई बुझाउँदैछन् ।
बिज्ञापन