महामन्त्रीको प्रतिवेदन :-रास्वपा अर्को विवेकशील पार्टी बन्ने बाटोमा छ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री डा. मुकुल ढकालले पार्टीको जनमत नै नभएको भन्दै यस्तै हिसाबले अगाडि बढे विवेकशील साझा पार्टीजस्तो हालत हुने विश्लेषण गरेका छन् ।

बिज्ञापन

इलाम उपनिर्वाचनपछि करिब साढे २ हजार मान्छेसँग दोहोरो कुराकानी गर्नका लागि आफूले लगभग ८० किलोमिटर पैदल यात्रासहित ४ हजार २१६ किलोमिटर सडक यात्राको दूरी नापेर फर्किएका र सभापति रवि लामिछानेलाई बुझाउन तयार पारिएको प्रतिवेदनमा ढकालले पार्टी अहिलेकै आधारमा निर्वाचनमा गए एकदुई सिट जित्न पनि हम्मेहम्मे पर्ने गम्भीर चिन्ता औंल्याएका हुन् ।  ढकालले ‘वैकल्पिक राजनीतिक शक्तिको रुपमा उम्रिएको रास्वपा र रवि लामिछानेको लोकप्रियता खस्किँदै गएको ‘विश्लेषण प्रतिवेदन’ तयार पारेका छन् । पार्टी गठन र राजनीतिक अभियानको यो दुई वर्षमै रास्वपा ‘विवेकशील’ पार्टीको नियतिमा पुग्नै लागेको उनको निश्कर्ष छ।

बिज्ञापन

१० पृष्ठको  ‘विश्लेषण प्रतिवेदन’मा  उनले अर्को निर्वाचन नआउँदै ‘रास्वपा बिघटन’को संघारमा पुग्नसक्ने चेतावनी दिएका छन् ।ढकालले परम्परागत राजनीतिक दलको बाटोमै हिँड्दा रास्वपाको हविगत पनि ‘विवेकशील भाग—२’ बन्नसक्ने अनुमान गरेका छन् । सत्ता र शक्तिको आशक्तिले रास्वपा कमजोर बन्दै गएको, पार्टीप्रति माया र चिन्ता भएरै आफूले गम्भीररूपमा समस्याको कुरा उठाएको उनले बताएका छन् ।

महामन्त्री ढकाल जेठ ६ गतेदेखि देशभ्रमणमा निस्किएका थिए । असार ६ गतेसम्म उनले ३९ जिल्लाका नेता तथा कार्यकर्तासँग भेटघाट र कुराकानी गरेका छन् । करिब साढे २ हजार मान्छेसँग दोहोरो कुराकानी गर्नका लागि आफूले लगभग ८० किलोमिटर पैदल यात्रासहित ४ हजार २१६ किलोमिटर सडक यात्राको दूरी नापेर उनले तयार पारेको १० पृष्ट लामो प्रतिवेदन आजै साँझ गृहमन्त्री तथा पार्टी सभापति रवि लामिछानेलाई बुझाउँदैछन् ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

ढुकुटीमा भार : उच्च पदस्थका ड्राइभरलाई नियमविपरीत मोटरसाइकल र इन्धन

अध्यादेश अस्वीकृत गर्न राष्ट्रपतिलाई जेनजी मुभमेन्टको आग्रह

बिचौलिया प्रकरणपछि सम्पत्ति शुद्धीकरण विभागमा नयाँ नेतृत्व, निर्मल ढकाल बने महानिर्देशक

कानुनविपरीत प्रयोग भएका ६२२ सरकारी सवारी फिर्ता

सरकार दुई तिहाईको,शासन अध्यादेशको

सामान्यको कर्मचारी प्रशासन महाशाखाको जिम्मेवारीमा ढोलकराज ढकाललाई

सामान्य सचिवलाई जिल्लाबासी,नातेदार कर्मचारीकै भर

सचिव काफ्लेको चलखेल रोकियो: काउन्सेलरमा बसन्त बोहोरा छनोट

बिशेष