पोहोरको तीजमा दिदी आई
बिज्ञापन
सिँदो सिन्दुरले सजाई
बिज्ञापन
शिरदेखि पाउसम्म गहनाले भर्दै
‘हेर् न बनारसे सारी’ भन्दै लगाई
बिज्ञापन
नाडीका चुरा छनछन बजाई
निराहार ब्रत बसी र भनी – तँ कहिले बिहे गर्छेस्?
दसैंमा बैनी-ज्वाइँसँग आई
सञ्चो-बिसञ्चो नसोधी गफिन थाली
हतार-हतार झोला खद्यी
हेर् न तेरो ज्वाइँले बनाइदिएको
गहना लगाउन त बिहे गर्नुपर्छ
भनी – तँ कहिले बिहे गर्छेस्?
तिहारमा भाइ-बुहारी सहरबाट आए
रवाफ पनि खुबै लगाए –
‘हाम्रा त छोराछोरी नि बिहे गर्ने भैसके
अब तँ बुढी भइस्,
तँ कहिले बिहे गर्छ?
यस्तै हो भने तँ एक्लै पर्छेस्
भन, तँ कहिले बिहे गर्छेस्?’
दिमागले चल्ने मान्छेका सामू
म मनले निर्देशित मान्छे
र, मनले निर्देशन दियो
सबैको खुसीका लागि घर छोड्नुपर्छ
तीजमा दिदी आएर सोध्ली – बैनी खै आमा?
दसैंमा बैनी आएर सोध्ली – दिदी खै आमा?
तिहारमा भाइले पनि सोध्ला
यसपालि सयपत्री किन फुलेन आमा?
हो, त्यतिबेला उनीहरूलाई भनिदिनू आमा
तिमीहरूको प्रश्नको उत्तर खोज्न हिँडेकी छे।