राजीनामा दिएनन् मुख्यसचिवले,विशेष पद सिर्जना गरेर योजना आयोगमा सिफ्ट

६ वटा बिषयमा अनियमिततामा डामिदा र भ्रष्टाचार मुद्धा चल्दा समेत राजीनामा नदिएका मुख्यसचिव बैकुण्ठ अर्यालका लागि विशेष दरबन्दी सृजना गरिएको छ । आज बसेको आकस्मिक बैठकले मुख्यसचिव बैकुण्ठ अर्यालका लागि विशेष दरबन्दी सृजना गरेको हो ।

बिज्ञापन

भ्रष्टाचार आरोपमा विशेष अदालतमा मुद्दा दर्ता भएपछि स्वतः निलम्बनमा परेका मुख्य सचिव बैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा सरूवा गरिएको छ ।आज बसेको क्याविनेट बैठकले विशेष पद सिर्जना गरेर उनलाई आयोगमा लैजाने निर्णय गरेको हो । सरकारले भ्रष्टचार मुद्धा चल्दैमा कोही दोषी प्रमाणित नहुने जिकिर गर्दै राष्ट्रिय योजना आयोगमा विशेष पद सिर्जना गरेर सरुवा गरिएको हो ।

बिज्ञापन

मुद्दा अवधिभर बैकुण्ठको पद स्वतः निलम्बनमा हुन्छ । यद्यपि रिक्त भएको अवस्था होइन । एकातिर बैकुण्ठ अर्याल निलम्बनको अवस्थामा छन्, अर्कोतिर पद रिक्त भएको छैन । त्यसैले कायम मुकायम गर्न वा रिकन्फर्म गर्न र अरू कुनै गर्नलाई पनि बाटो नखुल्ने भएको कारणले विशेष पद सिर्जना गरिएको सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले बताएकी छिन् ।

आज बिहान बसेको क्याविनेट बैंठकले हाललाई राष्ट्रिय योजना आयोगमा राजपत्राङ्कित विशिष्ट श्रेणीको मुख्यसचिव सरहको विशेष पद सिर्जना गरी उहाँलाई उक्त पदमा सरुवा गर्ने निर्णय गरेको छ । यस्तै,अर्याल स्वत निलम्बित भएसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी सचिव लीलादेवी गड्तौला कामु मुख्य सचिवको भूमिकाको जिम्मेवारी दिइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस

सचिवको कमाण्डमा ‘सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय’ स्थापना

निजामती सेवामा अवकाश: तथ्य, भ्रम र भविष्य

‘कर्मचारीलाई संसदमा बोलाएर राजनीतिक थुतुनेसँग भिडाउन मिल्दैन’ : पूर्वसचिव उपाध्याय

सांगीतिक श्रृंखला ‘आवाज’को तेस्रो संस्करण साउन २९ गते

अघि बढ्यो सचिव बढुवा प्रक्रिया : यी हुन बढुवाका लाइनमा रहेका बरिष्ठहरु

चार सहसचिवको आन्तरिक सरुवा,एडिबीको कार्यकारी निर्देशकमा धनीराम

संघीय निजामती विधेयकमा नयाँ ट्विस्ट : ‘३०–५५’ सँगै ‘३०–५१’, ३० वर्षभन्दा बढी सेवाको पेन्सन पनि सीमित गर्ने तयारी

बिशेष