त्रिवि र पशुपतिको गायब जग्गा खोज्दै दुई रिटायर्ड सचिवको टिम

सरकारले काठमाडौं त्रिभुवन विश्वविद्यालय र पशुपति विकास कोषको जग्गा खोजविन गर्न दुई रिटायर्ड सचिवको नेतृत्वमा फरक फरक समिति बनायो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले काठमाडौं त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन समिति बनायो । नेतृत्व गर्ने जिम्मेवारी दिइयो पूर्व सचिव शारदाप्रसाद त्रिताललाई ।
त्रिताल तिनै सचिव हुन जस्ले ललिता निवासको जग्गा खोजेका थिए ।

बिज्ञापन

उनै त्रितालको काँधमा त्रिविको अतिक्रमित हजार रोपनी जग्गा खोज्ने जिम्मा दिइएको छ । समितिले ३ महिनाभित्र त्रिविको जग्गाको अध्ययन, अनुसन्धान, छानबिन र अनुगमनलगायत अचल सम्पत्तिको लगत संकलन गरी प्रतिवेदन बुझाउन भनिएको छ । त्रितालको संयोजकत्वमा समिति गठन गरेको छ । समितिमा पूर्वसहसचिवद्वय महेन्द्रकुमार थापा र जानकीबल्लभ अधिकारी तथा त्रिविका विज्ञका रूपमा डा प्रेमसागर चापागाईं सदस्य छन् भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव सुशीला अधिकारी सदस्य–सचिव रहेकी छन् । मन्त्रिपरिषद्को गत जेठ १७ गतेको बैठकले पूर्वसचिव शारदाप्रसाद त्रितालका संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो ।

बिज्ञापन

उता,गत फागुनमै पशुपतिनाथको दुई सय ३१ रोपनी १० आना सहितको जग्गा खोज्न सरकारले पूर्व सचिव दामोदर रेग्मीको नेतृत्वका समिति गठन गरेको छ । उक्त समितिमा पूर्व सहसचिव देवराज ढकाल, पशुपति क्षेत्र विकास कोषका कानुनी सल्लाहकार हरिनाथ ढकाल, मन्त्रालयका उपसचिव शिवराज रेग्मी र पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव राजु केसी समितिको सदस्यमा सदस्य छन् । यो समितिलाई तीन महिनाको समय दिइएको थियो,प्रतिवेदन बुझाउन । तर तीन महिना गुर्जादा समेत तीन वटा मात्र बैठक बस्न सकेको छ ।
गत फागुन ११ गत तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पूर्वसचिव डा. रेग्मीको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाएको भए पनि कर्मचारीहरुले सहयोग नगर्दा काम अगाडि बढ्न नसकेको समितिका एक सदस्यले कर्मचारी प्रेसलाई बताए ।

गुठी र क्षेत्र विकास कोषका नाममा लिच्छवी कालबाटै विभिन्न दाताले दान गरेको जग्गा पछिल्ला समय व्यक्तिले हडप्ने क्रम बढेसँगै खोजीका लागि तत्कालीन मन्त्री किरातीले समिति बनाएको थियो तर कर्मचारीबाटै सहयोग नहुँदा काम अगाडि बढ्न नसकेको ती सदस्यको भनाई छ । पशुपति विकास कोषको नाममा रहेको दुई सय ३१ रोपनी १० आना जग्गा गायब भएको बताइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष