त्रिवि र पशुपतिको गायब जग्गा खोज्दै दुई रिटायर्ड सचिवको टिम

सरकारले काठमाडौं त्रिभुवन विश्वविद्यालय र पशुपति विकास कोषको जग्गा खोजविन गर्न दुई रिटायर्ड सचिवको नेतृत्वमा फरक फरक समिति बनायो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले काठमाडौं त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन समिति बनायो । नेतृत्व गर्ने जिम्मेवारी दिइयो पूर्व सचिव शारदाप्रसाद त्रिताललाई ।
त्रिताल तिनै सचिव हुन जस्ले ललिता निवासको जग्गा खोजेका थिए ।

बिज्ञापन

उनै त्रितालको काँधमा त्रिविको अतिक्रमित हजार रोपनी जग्गा खोज्ने जिम्मा दिइएको छ । समितिले ३ महिनाभित्र त्रिविको जग्गाको अध्ययन, अनुसन्धान, छानबिन र अनुगमनलगायत अचल सम्पत्तिको लगत संकलन गरी प्रतिवेदन बुझाउन भनिएको छ । त्रितालको संयोजकत्वमा समिति गठन गरेको छ । समितिमा पूर्वसहसचिवद्वय महेन्द्रकुमार थापा र जानकीबल्लभ अधिकारी तथा त्रिविका विज्ञका रूपमा डा प्रेमसागर चापागाईं सदस्य छन् भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव सुशीला अधिकारी सदस्य–सचिव रहेकी छन् । मन्त्रिपरिषद्को गत जेठ १७ गतेको बैठकले पूर्वसचिव शारदाप्रसाद त्रितालका संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो ।

बिज्ञापन

उता,गत फागुनमै पशुपतिनाथको दुई सय ३१ रोपनी १० आना सहितको जग्गा खोज्न सरकारले पूर्व सचिव दामोदर रेग्मीको नेतृत्वका समिति गठन गरेको छ । उक्त समितिमा पूर्व सहसचिव देवराज ढकाल, पशुपति क्षेत्र विकास कोषका कानुनी सल्लाहकार हरिनाथ ढकाल, मन्त्रालयका उपसचिव शिवराज रेग्मी र पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव राजु केसी समितिको सदस्यमा सदस्य छन् । यो समितिलाई तीन महिनाको समय दिइएको थियो,प्रतिवेदन बुझाउन । तर तीन महिना गुर्जादा समेत तीन वटा मात्र बैठक बस्न सकेको छ ।
गत फागुन ११ गत तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पूर्वसचिव डा. रेग्मीको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाएको भए पनि कर्मचारीहरुले सहयोग नगर्दा काम अगाडि बढ्न नसकेको समितिका एक सदस्यले कर्मचारी प्रेसलाई बताए ।

गुठी र क्षेत्र विकास कोषका नाममा लिच्छवी कालबाटै विभिन्न दाताले दान गरेको जग्गा पछिल्ला समय व्यक्तिले हडप्ने क्रम बढेसँगै खोजीका लागि तत्कालीन मन्त्री किरातीले समिति बनाएको थियो तर कर्मचारीबाटै सहयोग नहुँदा काम अगाडि बढ्न नसकेको ती सदस्यको भनाई छ । पशुपति विकास कोषको नाममा रहेको दुई सय ३१ रोपनी १० आना जग्गा गायब भएको बताइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

१० सचिवको दरबन्दी कटौती,बाहिरबाट ५७ जनालाई सचिव सरहकै नियुक्ति

सुमनराज अर्याल पछि को बन्लान नयाँ मुख्यसचिव ?

६० निजामती कर्मचारीलाई छात्रवृत्तिमा कोरिया अध्ययनको अवसर

प्रमुख प्रशासकीय अधिकृत खोज्दै स्थानीय तह,खटाउन सक्दैन मन्त्रालय

३१८ स्थानीय तह बजेट ल्याउन असफल,मधेशका ७५,गण्डकीका २१

सम्पत्ति शुद्धीकरणको राडारमा सुमार्गी,राहदानी रोक्का

विष्णु पौडेलको रिटमा कारण देखाउ आदेश

मनसुन विपद् सामना गर्न सशस्त्र प्रहरीको उच्च सतर्कता, ८ हजारभन्दा बढी जनशक्ति स्टेण्डबाइ

बिशेष