४ बजे क्याविनेट,११ देशमा आजै राजदूत नियुक्तिको तयारी

सत्तारूढ तीन शीर्ष दलबीच रिक्त ११ देशको राजदूतमा भागबन्डा मिलेसँगै आजै नियुक्तिको तयारी चलेको छ ।राजदूत नियुक्ति लगायतका एजेण्डासहित आज अपरानह चार बजे क्याविनेट बैठक बोलाइएको छ ।

बिज्ञापन

आज अपराह्न चार बजे मन्त्रिपरिषद् बैठक बोलाइएको छ । आज अपरान्ह चार बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा क्याविनेट बैठक डाकिएको हो । बैठकले विभिन्न ११ देशमा राजदूत नियुक्ति गर्ने बुझिएको छ ।

बिज्ञापन

आजको क्याविनेट बैठक अघि हिजो प्रधानमन्त्री प्रचण्ड,उपप्रधानमन्त्री रवि लामिछाने र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको थियो । उक्त भेटले राजदूत नियुक्तिको भागवण्डा टुंग्याएको बताइएको छ । एमालेले ८, रास्वपाले २ र माओवादीले एक राजदूत पाउने बताइएको छ ।

गत २४ जेठमा बसेको क्याविनेटले भारत, अमेरिका, बेलायत, साउदी अरेबिया, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगल गरी ११ देशको राजदूत फिर्ता बोलाएपछि ती स्थानमा राजदूत नियुक्तिका लागि सिफारिस गर्न लागेको हो । एमालेले समय नपुगी काँग्रेस सरकारले फिर्ता बोलाएका पूर्व राजदूतहरु युवराज खतिवडा, लोकदर्शन रेग्मी, दावाफुटी शेर्पा,नारायण सङ्ग्रौला, उदयराज पाण्डे, शर्मिला पराजुली, निर्मल विश्वकर्मालगायतलाई राजदूत बनाउने तयारी छ । रास्वपाले भारत र अमेरिकामध्ये एक देशको राजदूत आफूले पाउनुपर्ने अडान राखेको छ ।

बिज्ञापन

आजको क्याविनेटले राजदूत नियुक्ति टुंग्याउने बताइएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रहरीकै परीक्षामा ‘खेताला’ उमेद्धारको विगविगी : एकै पटक सात पक्राउ

७ प्रतिशतले घट्यो शेयर कारोवार

९ बाणिज्य बैंकको नाफा घट्यो

पत्रकारलाई ‘दलाल’को बात,गृहमन्त्रीका ‘पूर्व पिए’ सिडिओलाई आपत

सहसचिवको अन्तिम नतिजा सार्वजनिक

बोस्टनमा गुन्जिदै नेपथ्य ब्याण्ड

तीन दिनभित्रैमा पारित गर्ने भनिएको निजामती विद्येयकमा अझैं छन् दर्जन असहमति

सिंहदरबारमा ‘चन्दने’को आतंक,भूमि र सामान्यका कर्मचारी सरुवामा हावी

बिशेष