४ बजे क्याविनेट,११ देशमा आजै राजदूत नियुक्तिको तयारी

सत्तारूढ तीन शीर्ष दलबीच रिक्त ११ देशको राजदूतमा भागबन्डा मिलेसँगै आजै नियुक्तिको तयारी चलेको छ ।राजदूत नियुक्ति लगायतका एजेण्डासहित आज अपरानह चार बजे क्याविनेट बैठक बोलाइएको छ ।

बिज्ञापन

आज अपराह्न चार बजे मन्त्रिपरिषद् बैठक बोलाइएको छ । आज अपरान्ह चार बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा क्याविनेट बैठक डाकिएको हो । बैठकले विभिन्न ११ देशमा राजदूत नियुक्ति गर्ने बुझिएको छ ।

बिज्ञापन

आजको क्याविनेट बैठक अघि हिजो प्रधानमन्त्री प्रचण्ड,उपप्रधानमन्त्री रवि लामिछाने र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको थियो । उक्त भेटले राजदूत नियुक्तिको भागवण्डा टुंग्याएको बताइएको छ । एमालेले ८, रास्वपाले २ र माओवादीले एक राजदूत पाउने बताइएको छ ।

गत २४ जेठमा बसेको क्याविनेटले भारत, अमेरिका, बेलायत, साउदी अरेबिया, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगल गरी ११ देशको राजदूत फिर्ता बोलाएपछि ती स्थानमा राजदूत नियुक्तिका लागि सिफारिस गर्न लागेको हो । एमालेले समय नपुगी काँग्रेस सरकारले फिर्ता बोलाएका पूर्व राजदूतहरु युवराज खतिवडा, लोकदर्शन रेग्मी, दावाफुटी शेर्पा,नारायण सङ्ग्रौला, उदयराज पाण्डे, शर्मिला पराजुली, निर्मल विश्वकर्मालगायतलाई राजदूत बनाउने तयारी छ । रास्वपाले भारत र अमेरिकामध्ये एक देशको राजदूत आफूले पाउनुपर्ने अडान राखेको छ ।

बिज्ञापन

आजको क्याविनेटले राजदूत नियुक्ति टुंग्याउने बताइएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस

सचिवको कमाण्डमा ‘सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय’ स्थापना

निजामती सेवामा अवकाश: तथ्य, भ्रम र भविष्य

‘कर्मचारीलाई संसदमा बोलाएर राजनीतिक थुतुनेसँग भिडाउन मिल्दैन’ : पूर्वसचिव उपाध्याय

सांगीतिक श्रृंखला ‘आवाज’को तेस्रो संस्करण साउन २९ गते

अघि बढ्यो सचिव बढुवा प्रक्रिया : यी हुन बढुवाका लाइनमा रहेका बरिष्ठहरु

चार सहसचिवको आन्तरिक सरुवा,एडिबीको कार्यकारी निर्देशकमा धनीराम

संघीय निजामती विधेयकमा नयाँ ट्विस्ट : ‘३०–५५’ सँगै ‘३०–५१’, ३० वर्षभन्दा बढी सेवाको पेन्सन पनि सीमित गर्ने तयारी

बिशेष