संसदका कर्मचारीको फरक शैलीमा आन्दोलन,लाइभमा देखाउन छाडियो सांसदको अनुहार

संघीय संसदका कर्मचारीहरुले आन्दोलनको स्वरुप फेरेका छन् । चौरमा भेला भएर हातमा कालोपट्टी बाँधेर साता दिनदेखि आन्दोलन गर्दै आएका कर्मचारीहरुले बुधबार आन्दोलनको स्वरुप फेरेका हुन ।

बिज्ञापन

कार्यालय समयभन्दा अघि वा पछि काम गरेको अतिरिक्त भत्ता खोजेर आन्दोलन गरिरहेका कर्मचारीका कारण प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । संसद् सचिवालयका कर्मचारीहरू तलब भत्ता, आवास भत्ता तथा शैक्षिक भत्ता वृद्धिको माग राख्दै आन्दोलनमा छन् । ११ बुँदे माग राखेर अघिल्लो बिहिबारदेखि आन्दोलन गर्दै आएका कर्मचारीहरुले आन्दोलन चर्काउदै लगेका हुन ।

बिज्ञापन

आज पाँच बजे पछि पनि प्रतिनिधि सभाको बैठक चलिरहेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रीले बजेटमा उठेका प्रश्नको जवाफ दिइसकेपछि सांसदहरूले पुरक प्रश्न गर्न थालेपछि प्राविधिक कर्मचारीहरूले सभामुखलाई मात्रै देखाएर युट्युबटमा प्रत्यक्ष प्रसारण गरिदिए । उनीहरुको व्याल्क आउटका कारण आजको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । कर्मचारीहरूले असहयोग गरेपछि बुधबार प्रतिनिधि सभाको बैठक स्थगित भएको हो ।

यसअघि ५ बजेसम्म बैठक सञ्चालन गर्ने सहमति भएको थियो । तर सभामुख देवराज घिमिरेले ५ बजेपछि पनि पेलेर संसद् चलाउन थालेपछि प्राविधिक कर्मचारीहरूले सभामुखको मात्र अनुहार देखाएर प्रत्यक्ष प्रसारण गरेका थिए ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

निजामती विधेयकमा कर्मचारीको असन्तुष्टि, आन्दोलनको तयारी

महत्वपूर्ण विषय समावेश नगरी विद्येयक पारित गरिएकोमा कर्मचारी युनियनको आपत्ति

शिशिर बुढाथोकीको गजल

सगरमाथा संबादकाे दाेस्राे दिन, छलफलमा २३ टोलीले भाग लिदैँ

निजामती सेवा विधेयकमा राज्य व्यवस्था समितिले गरेका नयाँ व्यवस्थाहरु र मेरो भन्नु

राजनीतिमा तटस्थ, निजामती प्रशासनको खोजी

केही हाइकु

७ सहसचिव,१३ जना उपसचिवको सरुवा

बिशेष