संसदका कर्मचारीको फरक शैलीमा आन्दोलन,लाइभमा देखाउन छाडियो सांसदको अनुहार

संघीय संसदका कर्मचारीहरुले आन्दोलनको स्वरुप फेरेका छन् । चौरमा भेला भएर हातमा कालोपट्टी बाँधेर साता दिनदेखि आन्दोलन गर्दै आएका कर्मचारीहरुले बुधबार आन्दोलनको स्वरुप फेरेका हुन ।

बिज्ञापन

कार्यालय समयभन्दा अघि वा पछि काम गरेको अतिरिक्त भत्ता खोजेर आन्दोलन गरिरहेका कर्मचारीका कारण प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । संसद् सचिवालयका कर्मचारीहरू तलब भत्ता, आवास भत्ता तथा शैक्षिक भत्ता वृद्धिको माग राख्दै आन्दोलनमा छन् । ११ बुँदे माग राखेर अघिल्लो बिहिबारदेखि आन्दोलन गर्दै आएका कर्मचारीहरुले आन्दोलन चर्काउदै लगेका हुन ।

बिज्ञापन

आज पाँच बजे पछि पनि प्रतिनिधि सभाको बैठक चलिरहेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रीले बजेटमा उठेका प्रश्नको जवाफ दिइसकेपछि सांसदहरूले पुरक प्रश्न गर्न थालेपछि प्राविधिक कर्मचारीहरूले सभामुखलाई मात्रै देखाएर युट्युबटमा प्रत्यक्ष प्रसारण गरिदिए । उनीहरुको व्याल्क आउटका कारण आजको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । कर्मचारीहरूले असहयोग गरेपछि बुधबार प्रतिनिधि सभाको बैठक स्थगित भएको हो ।

यसअघि ५ बजेसम्म बैठक सञ्चालन गर्ने सहमति भएको थियो । तर सभामुख देवराज घिमिरेले ५ बजेपछि पनि पेलेर संसद् चलाउन थालेपछि प्राविधिक कर्मचारीहरूले सभामुखको मात्र अनुहार देखाएर प्रत्यक्ष प्रसारण गरेका थिए ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

१० सचिवको दरबन्दी कटौती,बाहिरबाट ५७ जनालाई सचिव सरहकै नियुक्ति

सुमनराज अर्याल पछि को बन्लान नयाँ मुख्यसचिव ?

६० निजामती कर्मचारीलाई छात्रवृत्तिमा कोरिया अध्ययनको अवसर

प्रमुख प्रशासकीय अधिकृत खोज्दै स्थानीय तह,खटाउन सक्दैन मन्त्रालय

३१८ स्थानीय तह बजेट ल्याउन असफल,मधेशका ७५,गण्डकीका २१

सम्पत्ति शुद्धीकरणको राडारमा सुमार्गी,राहदानी रोक्का

विष्णु पौडेलको रिटमा कारण देखाउ आदेश

मनसुन विपद् सामना गर्न सशस्त्र प्रहरीको उच्च सतर्कता, ८ हजारभन्दा बढी जनशक्ति स्टेण्डबाइ

बिशेष